दल विभाजन अध्यादेशले नेपालको प्रणालीलाई प्रतिगमन तर्फ धकेलेको छ: रमेश पौडेल

दल विभाजन अध्यादेशले नेपालको प्रणालीलाई प्रतिगमन तर्फ धकेलेको छ: रमेश पौडेल

कपन  अनलाइन

काठमाडौँ, भाद्र २।

नेपाल खेलकुद महासंघका अध्यक्ष रमेस पौडेलले सरकारले ल्याएको  अध्यादेशले नेपालको प्रणालीलाई प्रतिगमन तर्फ धकेलेको बताएका छन।

नेपाल खेलकुद महासंघ राजनीतिक दल सम्बन्धि ल्याइएको अध्यादेशको विरोधमा नेपाल खेलकुद महासंघले राजधानीमा  आयोजना गरेको विरोध सभामा उक्त कुरा बताएका हुन्।

त्रीपुरेश्वर स्थित दशरथ रंगशालाको गेटमा   खेलाडी तथा नेकोसका नेताकार्यकर्तालाई  सम्बोधन गर्दै पौडेलले वर्तमान सरकारले जारी गरेको अध्यादेशले मुलुकलाई अस्थिरतातर्फ धकेलेको र समग्र राजनीतिक प्रणाली प्रतिगमन तिर ढल्किएको बताएका थिए।

नेकपा एमाले विभाजन गर्न प्रेरित अध्यादेशको खाल्डोमा भोलि काङ्ग्रेस र माओवादी पर्ने निश्चित भएकोले तत्काल अध्यादेश फिर्ता गर्न  आग्रह गर्दै पौडेललाई  महासंघले देशैभरी आन्दोलन तथा विरोधका कार्यक्रम शुरु  गरेको जानकारी दिएका थिए।

तपाइँको प्रतिक्रिया ।