मुख्यमन्त्री डोरमणि पौडेलको प्रस्तावमा अस्टलक्ष्मी शाक्य दलको नेता , भोलि सपथ ग्रहण

कपन  अनलाइन

काठमाडौँ, भाद्र २।

बागमती प्रदेसको मुख्यमन्त्री डोरमणि पौडेलले आज बेलुका ५.३० बजे मन्त्रि परिषदको बैठक राखेर राजिनामा दिने भएका छन। आज बसेको नेकपा एमाले बागमती प्रदेस संसदीय दलको बैठकमा मुख्यमन्त्री पौडेलको प्रस्तावमा शाक्यलाई दलको सचेतकमा चयन गरेको थियो।

संसदीय दलको नेता परिवर्तन सम्बन्धि जानकारी प्रदेस सभालाई गराइसकिएको जानकारी दिदै नेकपा एमाले बागमती प्रदेस संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले आजै प्रदेस प्रमुख समक्ष मुख्यमन्त्रीको राजिनामा र दावी प्रस्तुत हुने बताएका छन्।

बागमती प्रदेस संसदीय दलको नेता चयन भएकी अस्टलक्ष्मी शाक्यले भोलि मुख्यमन्त्री पदको सपथ लिने तयारी रहेको उनले बताएका छन।

तपाइँको प्रतिक्रिया ।