तिस हजारको लोभले पुनर्निर्माण प्राधिकरण ओखलढुंगाका सव-इन्जिनियर अख्तियारको खोरमा

कपन  अनलाइन

काठमाडौँ, भाद्र २ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण ओखलढुंगाका सव-इन्जिनियर राजन पासवान पक्राउ परेका छन।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई, ओखलढुंगामा कार्यरत सव-इन्जिनियर राजन पासवानले भुकम्पबाट क्षतिग्रस्त घर पुर्ननिर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएवापत सेवाग्राहीसँग  घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोग सँगको समन्वयमा जिल्ला प्रशासन कार्यालय, ओखलढुंगाबाट खटि गएको टोलीले निज राजन पासवानलाई सेवाग्राहीबाट रु. ३० हजार रुपैयाँ घुस लिएको अवस्थामा नियन्त्रणमा लिईएको हो।

अनुसन्धानको सिलसिलामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको करार सेवामा रही जिल्ला ओखलढुंगा सिद्धिचरण नगरपालिका वडा नं. १ को कार्यालयमा खटिएका सव-इन्जिनियर राजन पासवानले भूकम्प पुनर्निर्माणको लागि सेवाग्राहीले नियमानुसार पाउने तेस्रो किस्ताको रकमको सिफारिस रोकी दिने भनि घुस मागेका थिए।

उनलाई  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेकोले निज राजन पासवानलाई बिगो तीस हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

तपाइँको प्रतिक्रिया ।