लायन्स क्लब अफ काठमाडौं जर्नी द्वारा गोकर्णेश्वर महादेव मन्दिरमा कोरोना सचेतना सहित मास्क वितरण

लायन्स क्लब अफ काठमाडौं जर्नी द्वारा गोकर्णेश्वर महादेव मन्दिरमा कोरोना सचेतना सहित मास्क वितरण

कपन अनलाइन

काठमाडौं श्रावण ३२। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं जर्नीले  गोकर्णेश्वर महादेव मन्दिरमा आउने भक्तजनहरुलाई फलफुल पानी, मास्क र स्यानिटाइजर वितरण गरेको छ ।आज साउन महिनाको अन्तिम सोमबार, साउने सोमबारको व्रत बसेका भक्तजनहरु नजिकको शिव मन्दिरमा पूजाआजा गरेर व्रत समापन गर्ने दिन।

विशेष गरी हिन्दू नारीहरूले साउन महिनाको पहिलो सोमबारदेखि व्रत बस्ने गर्दछन् भने महिनाको अन्तिम सोमबार शिव मन्दिरमा गएर पूजाआजा गरी आफ्नो एकमहिने व्रत समापन गर्दछन्। त्यसैलाई मध्यनजर गर्दै  गोकर्णेश्वर महादेव मन्दिर परिसरमा क्लबले हेल्प डेस्क नै राखेर भक्तजनहरुलाई फलफुल ,पानी, मास्क र स्यानिटाइजर वितरण   गरेको लायन्स क्लब अफ काठमाडौं जर्नीका प्रेसिडेन्ट बिशाल भण्डारीले कपन अनलाइनलाइ जानकारी गराए ।

 धार्मिक आस्थाका कारण मन्दिरमा आएका भक्तजनहरुलाई मास्क लगाउने उचित तरिका, मास्क लगाउँदा कोरोना भाइरसबाट बच्ने ज्ञानका साथै भिडभाडमा सामाजिक दूरी कसरी कायम गर्ने, हात धुने लगायतका जनचेतनामूलक जानकारीहरू पनि प्रदान गरिएको थियो।

उनका अनुसार  करिब ३सय जना भक्तजनहरुलाई फलफुल पानी, मास्क र स्यानिटाइजर वितरण गरिएको जानकारी गराए । कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ , नगर प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना लगायत लायन्स क्लब अफ काठमाडौं जर्नीका सदस्यहरुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।