फोहोर घरबाहिर ननिकाल्न नागरिकलाई काठमाडौं महानगरपालिकाको अपिल

फोहोर घरबाहिर ननिकाल्न नागरिकलाई काठमाडौं महानगरपालिकाको अपिल

कपन अनलाइन

काठमाडौँ, श्रावण ३२ । काठमाडौं महानगरपालिकाले फोहोर घरबाहिर ननिकाल्न नागरिकलाई अपिल गरेको छ ।महानगरपालिकाको कार्यालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै उपत्यकाको फोहोर विसर्जन स्थलसम्म पुग्ने सडक बिग्रिएकोले फोहोर घरबाट बाहिर ननिकाल्न आग्रह गरेको हो ।‘ल्याण्डफिल्ड साइटको सडक केही दिनदेखि परेको अविरल वर्षाका कारणले बिग्रिन गई फोहोर विसर्जन गर्न नसकिएकोले केही समयका लागि फोहोर ननिकाली दिनको लागि अपिल गरेको छ  ।

 

तपाइँको प्रतिक्रिया ।