चर्चामा बुढानिलकण्ठका जुम्ल्याहा “टिक टक स्टार” जेभिन र जेभिस स्थापित

चर्चामा बुढानिलकण्ठका जुम्ल्याहा “टिक टक स्टार” जेभिन र जेभिस स्थापित

कपन अनलाइन

काठमाण्डौ ,साउन ३२।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का जुम्ल्याहा जेभिन र जेभिस स्थापित  अहिले चर्चामा रहेका छन। अघिल्लो लकडाउनको समयमा टिक टक एकाउन्ट खोलेका उनिहरु अहिले विभिन्न म्युजिक भिडियोमा व्यस्त रहेका छन।

पछिल्लो समय निकै चर्चामा रहेको सम्झिने पानी छर्किने गीतमा भुवन केसी र दिपा श्री निरौला संग अभिनय गरेर चर्चामा रहेका उनीहरुले अहिलेसम्म १६ वटा म्युजिक भिडियोमा आफ्नो कला प्रस्तुत गरिसकेका छन।

सन् २०१५ डिसेम्बर महिनाको २५ मा २० सेकेन्डको अन्तरालमा जन्मिएका उनीहरु अहिले कक्षा दुईमा अध्यनरत रहेका छन। टिक टक एकाउन्ट खोलेको करिव १६ महिनाको समयमा ३ लाख १५ हजार ८०० फलोअर  र १ करोड २० लाख भन्दा बढी लाइक प्राप्त गरेका उनीहरुको म्युजिक भिडियोहरुमा पनि निकै माग बढेको छ।

कलिलो उमेरमा  पल शाह ,सागर लम्साल सहितका चर्चित कलाकार संग अभिनय गर्ने मौका पाएका स्थापित दाजुभाईको आगामी यात्रा पनि निकै सुनौलो देखिएको छ ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।