प्रधानमन्त्रीको निजि निवास जाने सडकमा खाल्डा नै खाल्डा ,स्थानीयहरुलाई सास्ती

प्रधानमन्त्रीको निजि निवास जाने सडकमा खाल्डा नै खाल्डा ,स्थानीयहरुलाई सास्ती

कपन अनलाइन

काठमाण्डौ ,साउन ३२।

पछिल्लो समय नेपालको राजनीतिको केन्द्र भागमा रहेको छ  बुढानिलकण्ठ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको निजि निवास रहेको बुढानिलकण्ठमा अहिले देशका सबैजसो प्रभावशाली नेताहरुको आवतजावत भैरहेको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं २ मा रहेको देउवा निवास जाने मूल सडक भने अहिले बेहाल अवस्थामा रहेको छ। देउवा प्रधानमन्त्री हुने वितिकै केहि स्थानमा टालटुल पार्दा निकै चर्चा गरिएपनि त्यहाको वास्तविक अवस्था भने निकै नै दयनीय रहेको छ। चक्रपथ नारायणगोपाल चोक   बाट बुढानिलकण्ठ सम्म जाने मूल सडकमा रहेका खाल्डाहरुमा पानी जमेर सवारी र स्थानीयहरु आवतजावतमा निकै कठिनाइ पुगे पछी सो सडक मर्मतको माग गर्दै स्थानीयहरुले सामाजिक संजाल मार्फत माग गरिरहेका छन।

बत्ति मुनि अध्यारो भने झैँ प्रधानमन्त्रीको निजि निवास र पुर्व उपप्रधानमन्त्रीको निर्वाचन क्षेत्र रहेको बुढानिलकण्ठ नगरपालिकाको सो मूल सडकको अवस्था हेर्दा भने कुनै भर्खर निर्माण हुन् लागेको सडकमा पुगे झैँ लाग्ने एक स्थानीयले बताएका छन।

दैनिक जसो पुर्व प्रधानमन्त्रीहरु,मन्त्रीहरु र अन्य देशको निर्णायक तहमा बसेका व्यक्तिहरुको आवागमन हुने सो सडकको अवस्थाले उनीहरुलाई पटक्कै छोएको देखिदैन भन्दै ति स्थानीयले पछिल्लो पटक गरिएको टालटुलको नाटक चाकरीको एउटा नमुना मात्र प्रमाणित भएको टिप्पणी गरेका छन।फोटो सौजन्य : बिजेन्द्र पुडासैनीको सामाजिक संजाल

तपाइँको प्रतिक्रिया ।