गोरखा पोल ब्रेकर्स संघ नेपाललाई पोल बल हस्तान्तरण
कपन अनलाइन
काठमाण्डौ ,साउन ३१।
युथ स्पोर्ट्स क्लब भारतका अध्यक्ष डा . दिपक कटिएराले गोरखा पोल ब्रेकर्स संघ नेपाललाई पोल बल हस्तान्तरण गरेका छन । नेपालको मौलिक खेल बनेको पोल ब्रेक खेल विकासका लागि शनिवार एक कार्यक्रम बिच सो बल हस्तान्तरण गरिएको हो ।
सो अवसरमा युथ स्पोर्ट्स क्लबका अध्यक्ष डा. कटिएराले अन्य अन्तर्राष्ट्रिय खेल झै यस खेललाई पनि अन्तर्राष्ट्रिय जगतमा परिचित गराउन सकिने र यसको लागि आफू पनि लागिपर्ने बताएका थिए। यसैगरी कार्यक्रममा बोल्दै संघका अध्यक्ष उद्दब नारायण श्रेष्ठले अब खेलका सामाग्रीहरु र सहयोगी हातहरु थपिदै गएको र यस्लाई रास्ट्र तथा अन्तर्राष्ट्रिय जगतमा फैलाउन सहज हुने बताएका थिए।
कार्यक्रममा नेपाल रास्ट्रीय यातायात व्यवसायी महासंघका अध्यक्ष बिश्व सिवाकोटी, समाजसेवी शम्भु प्रसाद अधिकारी लगाएतको उपस्थिति रहेको कार्यक्रमको सन्चालन सुबिन चालिसेले गरेका थिए।
पांच सय ग्राम तौल रहेको बल लाई ३/३ जनामा खेल्न सकिने सो खेलका लागि बल हस्तान्तरण कार्यक्रममा नवजागृति मावीका प्रधानाध्यापक डम्बर बहादुर राईले इन्डो नेपाल रुरल गेम्स -२०२१ को आयोजना गर्ने जिम्मेवारी बिद्यालयलाई दिएकोमा धन्यवाद प्रकट गर्दै खेलहरु काठमाडौका विभिन्न स्थानहरुमा गरिने जानकारी दिएका थिए।