बुढानिलकण्ठमा युवा संघका नाममा हुने समानान्तर गतिविधि स्वीकार्य छैन : नवराज भट्टराई
कपन अनलाइन
काठमाण्डौ,साउन ३०।
बुढानिलकण्ठ नगरपालिका वडा १० का अध्यक्ष तथा नेकपा एमाले बुढानिलकण्ठका युवा इन्चार्ज नवराज भट्टराईले युवा संघका नाममा हुने कुनै पनि समानान्तर गतिविधि स्वीकार्य नहुने बताएका छन।
वडा १० को युवा संघ पुनर्गठन तथा बृहत युवा भेलामा बोल्दै भट्टराईले नगरपालिका भित्र पार्टीको निति विधि र सिद्धान्त बिपरित हुने समानन्तर गतिविधि गर्ने ब्यक्ति र प्रवृतीलाई आन्दोलन बाट बहिस्कार गर्नुपर्ने धारणा राख्दै केन्द्र बाट यस सम्बधि निर्णय गर्न डा.राजन भट्टराई मार्फत अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका थिए।
सृजनशील र रचनात्मक काम लिएर अगाडि बढ्ने युवाहरुलाई बुढानिलकण्ठ नगरपालिकाको ढोका सधै खुल्ला रहेको बताउदै उनले मुल बाटो बिराएर अनेक तिर भौतारिएका युवा संघ कपनका केहि पुर्व नेताहरु स्मरण गर्दै अहिले समातेको अध्यारो बाटो छोडेर सुर्यको उज्यालो मुनी आउन आग्रह पनि गरेका थिए।