गोकर्णेश्वर नगरपालिकामा सिकाइ सहजीकरण पुस्तिका बिमोचन एबम वितरण कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं श्रावण २९ । गोकर्णेश्वर नगरपालिकामा सिकाइ सहजीकरण पुस्तिका बिमोचन एबम वितरण कार्यक्रम सम्पन्न भएको छ। गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद शाखाको आयोजनामा बिहिबार पिस ब्यांकेट जोरपाटीमा एक कार्यक्रमका बीच पूर्व संचारमन्त्रि मोहन बहादुर बस्नेतले बिमोचन गरेका हुन।
नगरपालिकाले कोभिड-१९ को संक्रमणको कारण अवरुद्ध रहेको सिकाइ प्रणालीलाई सुचारु गर्न, विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठनको सहज अवस्था सृजना गरी दूर तथा खुला शिक्षा लगायत वैकल्पिक शिक्षा प्रणालीको माध्यमबाट सिकाइमा सहजीकरण गर्न र सामान्य अवस्थामा समेत वैकल्पिक शिक्षा प्रणालीको माध्यमबाट विद्यालय जाने उमेरका सबै बालबालिकालाई आफ्नो परिवेश अनुकूल सिक्ने वातावरण सृजनागर्ने उदेश्य सहित कक्षा एक देखि आठ कक्षा सम्मको लागि सिकाइ सहजीकरण पुस्तिका तयार पारेको हो ।
नगर प्रमुख सन्तोष चालिसेको अध्यक्षतामा सम्पन उक्त कार्यक्रममा बिशेष अतिथिको उप प्रमुख शान्ती नेपाल प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य, शिक्षा शाखा प्रमुख बिजय प्रसाद आचार्य नगर प्रवक्ता मनोज कुमार ढुंगाना, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल वडा अध्यक्षहरु, सहित बिभिन्न बिध्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको उपस्थिति रहेको थियो।कार्यक्रम संचालन रामनारायण शाहले गरेका थिए।
शिक्षा शाखा प्रमुख बिजय प्रसाद आचार्यले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए। अहिलेको विषम परिस्थितिमा घरमै बसेर सिकाइको निरन्तरता गर्नुको विकल्प नभएको विद्यमान चुनौतीलाई अवसरमा बदल्दै यस संकटको घडीमा पनि विद्यार्थीको सिकाइ निरन्तरताका लागि नगरपालिकाले सिकाइ सहजीकरण पुस्तिका तयार पारेको जानकारी गराएका थिए ।कार्यक्रममा वडा अध्यक्षहरुको तर्फ बाट नगर प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोजकुमार ढुंगानाले शुभकामना मन्तब्य राखेका थिए।
पुस्तक बिमोचन गर्दै पूर्व संचारमन्त्रि मोहन बहादुर बस्नेतले सिकाइ सहजीकरण पुस्तक तयार पारेकोमा खुसि ब्यक्त गरेका थिए।गोकर्णेश्वर नगरपालिका टिमले एकजुट भई काम गर्दै आएको र सफलता संगै मुलुककै सर्बोत्कृष्ट नगरपालिकाको पहिचान बनाउन सफल भएको हुँदा निकट भबिस्यमा पनि कायम रहोस भन्ने शुभकामना ब्यक्त गरेका थिए। उनले राज्यको लागि आफु जुन ठाउमा भए पनि सकेको योगदान गर्न पर्नेमा जोड दिएका थिए ।कार्यक्रममा सिकाइ सहजीकरण पुस्तक तयार पार्न सहयोग गर्ने शिक्षकहरुलाई सम्मान गरिएको थियो।
अध्यक्षताको आसन बाट बोल्दै नगर प्रमुख सन्तोष चालिसेले कोभिड-१९ को संक्रमणको कारण अवरुद्ध रहेको सिकाइ प्रणालीलाई सुचारु राख्न बिभिन्न बैकल्पिक माध्यम प्रयोग गरि सिकाइ क्रियाकलाप भइरहेको र त्यसलाई थप सहज बनाउनको लागि सिकाइ सहजीकरण पुस्तिका निर्माण गरिएको जानकारी गराएका थिए ।उनले भौगोलिक विकटता, जनताको सूचना र प्रविधिमा कम पहुँच, प्रविधिमैत्री पूर्वाधार र जनशक्तिको अभाव, वैकल्पिक शिक्षणप्रतिको कम विस्वासका बाबजुत पनि नगरपालिका भित्र वैकल्पिक माध्यम बाट सिकाइ क्रियाकलाप भइरहेको जानकारी गराएका थिए।स्थानिय ज्ञानको कमिका कारण विद्यार्थीमा रचनात्मकताको विकास नहुने भन्दै सानै उमेर देखि विद्यार्थीलाई स्थानिय भुगोलदेखि भेषभुषा सम्मका विषयमा ज्ञान दिनुपर्दछ भन्ने अभिप्रायका साथ स्थानीय पाठ्यक्रम विकास गरि लागु गर्ने पहिलो नगरपालिका भएको बताउदै पुन कोरोनाका संक्रमणको कारण अवरुद्ध रहेको सिकाइ प्रणालीलाइ थप परिमार्जित गर्दै सिकाइमा सहजीकरण होस् भनेर सिकाइ सहजीकरण पुस्तिका निर्माण गर्ने पहिलो नगरपालिका भएको दाबि उनको रहेको थियो।
फोहोर मैला ब्यबस्थापनमा आधुनिक मेसिन छिट्टै सचालनमा ल्याउन लागेको जानकारी गराएका थिए ।उनले नगरमा ,डिजिटल डाटा सफ्टवेयर ,नगरपालिकाका ९ वटै वडा कार्यलयहरुको निर्माण,विभिन्न बाटोघाटो निर्माण लगाएतका बिकास निर्माणका कामहरुले गति लिएको बताएका थिए ।