गोकर्णेश्वर नगरपालिकामा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित रक्तदान सम्पन्न

गोकर्णेश्वर नगरपालिकामा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित  रक्तदान  सम्पन्न

कपन अनलाइन

काठमाडौं श्रावण २९ । अन्तर्राष्ट्रिय  युवा दिवसको अवसर पारेर गोकर्णेश्वर नगरपालिका  युवा तथा खेलकुद शाखा द्वारा आयोजित  बृहत रक्तदान कार्यक्रम सम्पन्न  भएको छ ।

खाध्य प्रणालीमा रुपान्तरण मानब र भूमण्डलीय स्वास्थ्यका लागि युवा नव प्रवर्तन भन्ने मूल नाराको साथमा  गोकर्णेश्वर नगरपालिका वडा नं ५ जोरपाटी स्थित पिस ब्याङकेटमा बिहिबार  बिहान १० बजे देखी रक्त संचारको प्राबिधिक सहयोगमा  सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरि सुरक्षित तवर बाट संचालन  भएको उक्त रक्तदान कार्यक्रममा  ६४ जनाले रक्तदान गरेको आयोजकले जानकारी गराएको छ। छोटो समयको तयारी र अहिलेको प्रतिकुल अवस्थामा पनि स्वस्फुर्त रुपमा रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्ने सबैलाई  गोकर्णेश्वर नगरपालिका युवा तथा खेलकुद विकास समितिका अध्यक्ष संजय लामाले  धन्यबाद दिएका छन ।

तपाइँको प्रतिक्रिया ।