कागेश्वरीमा लघु उद्यम तालिम लिएर उद्यमी बन्नेहरुलाई नगरपालिकाले सहयोग गर्न तत्पर छ : नगर प्रमुख थापा

कागेश्वरीमा लघु उद्यम तालिम लिएर उद्यमी बन्नेहरुलाई नगरपालिकाले सहयोग गर्न तत्पर छ : नगर प्रमुख थापा

कपन अनलाइन

काठमाडौँ, श्रावण २८ । कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले लघु उद्यम विकास कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड  दिएका छन ।कागेश्वरी मनोहरा नगरपालिका  महिला बालबालिका तथा समाज कल्याण शाखा द्वाराआयोजित गरिबी निबारणका लागि लघु उध्यम बिकास कार्यक्रम आ व २०७७/७८को कार्य समिक्षा तथा २०७८/ ७९ को भाबि योजना बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले  गरिबी निवारणमा लघु उद्यम विकास कार्यक्रमको महत्वपूर्ण भूमिका रहेको  र आफु सधैं लघु उद्यम विकास कार्यक्रमको पक्षमा रहेको बताएका छन ।

लघु उद्यम विकास कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था गर्न आफू प्रतिबद्ध रहेको बताउदै नगर प्रमुख थापाले उद्यमीको समेत लगानी भएमा नगरपालिकाले बिना ब्याजमा रकम उपलब्ध गराउन सकिने पनि  जानकारी गराएका थिए ।लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गत बर्ष तालिम लिएर उद्यमी बन्नेहरुलाई नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाउदै नगर प्रमुख थापाले तालिमबाट सिकेको सिपलाई व्यवहारमा लागु गर्न आग्रह  गरेका छन ।

कार्यक्रमलाइ सम्बोधन गर्दै  कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख बिन्दु पुडासैनी सिम्खडाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत १ नं. वडामा बाख्रापालन तालिम, २ नं.वडामा अचार बनाउने तालिम, ३ नं.वडामा च्याउखेती सम्बन्धी तालिम, ४ नं.वडामा च्याउखेती सम्बन्धी तालिम, ५ नं.वडामा आलु चिप्स बनाउने तालिम, ६ नं.वडामा च्याउखेती सम्बन्धी तालिम, ७ नं.वडामा स्यानिटाइजर बनाउने तालिम, ८ नं.वडामा साबुन बनाउने तालिम र ९ नं.वडामा पुष्पखेती सम्बन्धी तालिम दिइएको जानकारी गराएकी थिइन्  ।नगरपालिकाले आगामी दिनमा पनि लघु उद्यम विकास कार्यक्रमलाई प्राथमिकता दिने गरी कार्य गरिरहेको उनको भनाइ रहेको थियो । कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गिरीराज ज्ञावली, वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरु लगायत जनप्रतिनिधिहरु र कर्मचारीहरुको सहभागिता रहेको  थियो

तपाइँको प्रतिक्रिया ।