बुढानीलकण्ठ नगरपालिकामा ३,२१२ ले ‘एस्ट्राजेनेका’ (कोभिशिल्ड) खोप को दोस्रो मात्रा लगाए
कपन अनलाइन
काठमाडौं, श्रावण २७ ।
बुढानीलकण्ठ नगरपालिकामा ३,२१२ ले ‘एस्ट्राजेनेका’ (कोभिशिल्ड) खोप को दोस्रो मात्रा लगाएका छन । साउन २५ र २६ गते गरि दुई दिनका लागि सञ्चालन गरिएको खोप कार्यक्रममा पहिलो दिन २,७४४ जना र दोस्रो दिन ४६८ जनाले खोप सेवा प्राप्त गरेका छन ।
नगरपालिकामा ‘एस्ट्राजेनेका’ दोश्रो मात्रा खोप लगाउन छुटेकालाई राधास्वामी आइसोलेसन सेन्टर, सामखुसिमा श्रावण २७ गते देखि खोप केन्द्र सञ्चालन भईरहेको हुनाले त्यहाँ गई खोप सेवा लिन सकिने नगरपालिका जनस्वास्थ्य महाशाखाले जानकारी दिएको छ ।
श्रावण २५ गते समुहगत रुपमा खोप प्राप्त गर्ने व्यक्तिहरुः
१. ६५ वर्ष तथा सो भन्दा माथिका उमेरकाः २,२७८
२. स्वास्थ्यकर्मि, सुरक्षाकरमी तथा सरसफाई तथा फोहोरमैलाका कर्मचारीहरुः १०६
३. अन्य दोस्रो मात्रा लगाउन अत्यावश्यक रहेकाहरुः ३६०
श्रावण २६ गते (आज) समुहगत रुपमा खोप प्राप्त गर्ने व्यक्तिहरुः
१. ६५ वर्ष तथा सो भन्दा माथिका उमेरकाः ३८९
२. स्वास्थ्यकर्मि, सुरक्षाकरमी तथा सरसफाई तथा फोहोरमैलाका कर्मचारीहरुः २०
३. अन्य दोस्रो मात्रा लगाउन अत्यावश्यक रहेकाहरुः ५९