बुढानिलकण्ठ -१३ चुनिखेलमा गुँला पर्व शुरु
कपन अनलाइन
काठमाण्डौ ,साउन २७।
बुढानिलकण्ठ -१३ चुनिखेलमा नेवार समुदायले हरेक बर्ष मनाउने पर्ब गुँला पर्ब यस बर्ष पनि सोमबार बाट सुरु भएको छ।
नेपाल सम्बत् अनुसार मनाउने यो पर्बमा बिभिन्न धा : बासुरी धिमे भजन किर्तन गर्दै एक महिना सम्म बिभिन्न मठ् मन्दिर गुम्बा परिक्रमा गर्ने प्रचलन रहि आएको छ ।
नेपाल सम्बत् अनुसार गुँ को अर्थ नवौ र ला को अर्थ महिना अर्थात नवौ महिनामा मनाउने पर्ब भएकोले यस्लाई गुँला पर्ब भनिएको समाजसेवी टिकेस नारायण श्रेष्ठले जानकारी दिएका छन ।
पुरानो धर्म सस्कार संस्कृति जोगाउनु अहिलेको यूवा पुस्ता लाग्नुपर्ने बताउदै धा : खलका गुरु श्याम श्रेष्ठले अहिले समाजसेवी टिकेस नारायण श्रेष्ठको संयोजनमा टुसालमा १५ जना यूवाहरुलाई धा : प्रशिक्षण भैरहेको जानकारी दिएका छन।
चुनिखेलमा झिगु धा : खल टुपेकले हरेक बर्ष यो पर्ब मनाउदै आएको छ ।