काठमाण्डौ क्षेत्र नं ४ को वडा नं ३० का विकास निर्माण वारे डा.राजन भट्टराईको अन्तरक्रिया

काठमाण्डौ क्षेत्र नं ४ को वडा नं ३० का विकास निर्माण वारे डा.राजन भट्टराईको अन्तरक्रिया

कपन अनलाइन

काठमाण्डौ ,साउन २३।

काठमाण्डौ महानगरपालिका वडा नं  ३० का विकास निर्माण वारे डा.राजन भट्टराईले स्थानीयहरु संग अन्तरक्रिया गरेका छन। साउन २३ गते सनिवार डा. भट्टराईले वडा नं ३० का विभिन्न क्षेत्रका स्थानीयहरु संग  छलफल तथा अन्तरक्रिया गरेका हुन।

काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य सहित वडा नं ३० मा पुगेका डा. भट्टराईले सप अवसरमा विकास निर्माणका योजना ,स्थानीयहरुले भोगिरहेका समस्या तथा आगामी दिनमा गर्नुपर्ने कामका वारेमा बृहत छलफल गर्नुका साथै स्थानीयहरुको सुझाव समेत संकलन गरेका थिए।

वडा नं ३० का स्थानीयहरु संग भएको उक्त छलफलमा नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ का संयोजक तेज ढकाल , वडा नं ३० कमिटी अध्यक्ष कृष्णभक्त खड्गी सहित ठुलो शंख्यामा स्थानीयहरुको उत्साहजनक सहभागिता रहेको थियो।

सो अवसरमा आफ्नो धारणा राख्दै डा. भट्टराईले वडा नं ३० को धोवीखोला कोरिडोर क्षेत्रमा देखिएको डुवान समस्या ,भित्रि क्षेत्रमा रहेको ढल निकास समस्या समाधान लगायतका भौतिक पूर्वाधार विकासका लागि आफुले पहल गर्दै आइरहेको बताउदै आगामी दिनमा [अनि स्थानीयहरु संगै वडाको विकासमा सक्रिय रहने प्रतिवदत्ता ब्यक्त गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।