काठमाडौं महानगरपालिमा कहाँ कहाँ छन खोप केन्द्र ?

काठमाडौं महानगरपालिमा कहाँ कहाँ छन खोप केन्द्र ?

कपन अनलाइन

काठमाण्डौ ,साउन २३ ।

काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन केन्द्रको व्यवस्था गरिएको छ ।

महानगरमा  खोप लगाउन आउँदा पहिलोपटक लगाएको कार्डसहितको विद्युतीय दर्ता नम्बर लिएर आउनुपर्ने र पहिलो खोप लगाएको २१ दिन पुगेको हुनुपर्ने व्यवस्था गरिएको छ । निर्धारण गरिएका सबै केन्द्रमा बिहान १० बजेदेखि साँझ  ५ बजेसम्म लगाइने खोप आगामी आइतबारसम्म  सञ्चालन हुनेछ ।

यसअघि महानगरले १२ खोप केन्द्रमार्फत असार २९ देखि ३१ गतेसम्म खोप उपलब्ध गराएको थियो । पछिल्लो समय कोरोनाका बिरामी बढ्दै गएकाले भीड कम गर्न सबै वडामा खोप केन्द्रको व्यवस्था गरिएको हो ।

 

तपाइँको प्रतिक्रिया ।