शंखरापुर–३ बोझिनीमा गुडिरहेको कारमा आगलागी ,अखिल नेता राजकुमार लामिछाने घाइते

कपन अनलाइन

काठमाडौँ, श्रावण २३।

शंखरापुर नगरपालिका वडा नं  ३ बोझिनीमा गुडिरहेकोकारमा  एक्किास आगलागी हुँदा  अनेरास्ववियुका नेता  राजकुमार लामिछाने घाइते भएका छन्।

शनिबार साँखुबाट बोझिने जाने क्रममा बा ३ च ४७९७ नम्बरको सेन्ट्रो गाडीमा आगलागी भएको हो। उकालो बाटोमा ब्याक गर्दा गाडीको वायरिङ सट भएर आगलागी भएको र निभाउने कोसिस गर्दा पनि सफल नभएको घाइते लामिछानेले बताए।

घटनापछि उनलाई उपचारका लागि साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा भर्ना गरिएको र अहिले अवस्थामा सुधार उन्मुख रहेको अस्पतालले जनाएको छ।

उनको हात र गलामा आगोले पेलेको छ। आगलागीबाट सेन्ट्रो गाडी पूर्ण रुपमा जलेको महानगरिय प्रहरी प्रभाव साँखुले जानकारी दियो।

तपाइँको प्रतिक्रिया ।