बुढानिलकण्ठ नगरप्रमुखको सुशासन नारालाई तुषारापात गर्ने कर्मचारीहरुको भ्रस्ट पारा

बुढानिलकण्ठ नगरप्रमुखको सुशासन नारालाई तुषारापात गर्ने कर्मचारीहरुको भ्रस्ट पारा

कपन अनलाइन

काठमाडौँ, श्रावण २३।

२०७४ शाल जेष्ठ १० गते सपथ खाएर पदबहाली गर्दा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव प्रसाद खरेलले प्रस्तुत गरेको आफ्नो मुख्य कार्यभारको पहिलो बुंदामा थियो सुशासन।

आफ्नो सामाजिक र राजनीतिक जिवनमा आर्थिक चलखेल र प्रलोभनलाई सधै घृणा गर्नेर त्यस्ता प्रवृतिलाई नसहने बताउदै आएका नगर प्रमुख खरेललाई आफ्नो कार्यकालको ४ वर्ष २ महिना २० दिनका दिन भएको  प्राविधिक पक्राउप्रकरणले  ठुलो धक्का दिएको छ।

आफ्नै कार्यकालमा प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियर र प्राविधिक रंगेहात पक्राउ परेको घटनाको शाक्षी बनेका नगर प्रमुख खरेलको सुशासनको अभियानमा मुख्य तगारो अहिले कर्मचारी देखिएका छन।

लामो समय देखि घर नक्शा निर्माण,विकास योजनामा ठेक्का पट्टा , विभिन्न किसिमका छपाई देखि खाजा मगाउने स्थान सम्ममा दरिलो सिन्डिकेट बनाएर तर मारिरहेका कर्मचारीहरुका कारण आफ्नो सुशासनको सपनामा तुषारापात बने पछी प्रमुख खरेल निकै गम्भीर चिन्तामा परेको चर्चा अहिले नगरपालिकामा चल्न थालेको छ।

त्यस्तै केहि दिन अगाडी भएको सुशासन समितिको बैठकमा आफ्ना कर्मचारीहरुको मुक्तकण्ठले प्रसंशा गरेका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीलाई पनि  यो पक्राउ प्रकरणले निकै निरास बनाएको बताइन्छ भने अझै धेरै कर्मचारीहरु प्रत्यक्ष निगरानीमा रहेको सुचनाले उनलाई निकै झस्काएको चर्चा पनि चल्न थालेको छ।

करिव एक वर्ष अगाडी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोल्फुटारको एक पार्टी प्यालेसमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकामा सबै भन्दा भ्रस्ट शाखाका रुपमा नक्शा र प्राविधिक शाखा रहेको प्रतिवेदन दिएको थियो।

नगरपालिकाका कर्मचारी र राजनीतिक दलका नेताहरुको प्रत्यक्ष अप्रत्यक्ष लगानीमा संचालन भैरहेका कन्सल्टेन्सीहरुको सिन्डिकेट र दादागिरीले गर्दा देखिएको विकृति टुलुटुलु हेरेर बस्न बाध्य भएका जनप्रतिनिधिहरुलाई पनि अहिलेको प्रकरणले राम्रै झापड दिएको एक बुद्दिजिबि बताउछन।

अव बुढानिलकण्ठ नगरपालिकामा पास भएका हरेक घरका नक्शा हेने हो भने बढीमा ५ कन्सल्टेन्सी भन्दा बाहिर एकाध मात्र रहेको दावी गर्दै ति बुद्दिजिबिले लामो समय देखि विभिन्न शाखा प्रमुख भएर कम गरेका कर्मचारीहरुको पनि छानविन हुनुपर्ने माग गरेका छन।

बुढानिलकण्ठ नगरपालिकाको सुशासन र समृद्धिको अभियानमा एक्लो बृहस्पति जस्तो देखिएका नगर प्रमुख खरेलले भ्रस्टाचार विरुद्ध बेलैमा  विचारमा भन्दा व्यवहारमा कडा बनेको भए यस्तो अप्रिय घटनाको पटक पटक शाक्षी बस्नु पर्ने थिएन भन्दै एक राजनीतिक दलका नेताले कर्मचारीहरुको लुटतन्त्रका अनेक रङ्गका बाछिटा कतै जनप्रतिनिधिहरुमा पनि परेको छ कि ? भन्ने गम्भीर प्रश्न गरेका छन।

नगरपालिकामा जग्गा विकासको अनुमति,नक्शा पास,योजना सम्पन्न भए पछीको भुक्तानी,कार्यक्रम आयोजना तथा व्यवस्थापन ,छपाई,खरिद,अनुगमन,इस्टिमेट जस्ता कामहरुमा चटनी नचटाई कामै नहुने प्रवृति बाट लाचार बनेका नगरवासीहरुको पिडामा पछिल्लो पक्राउ प्रकरणले थप नुन थपेको एक जनप्रतिनिधिले बताएका छन।

अवका दिनमा कर्मचारीहरुको भ्रस्ट मति र नगरपालिकाको दुर्गतिका वारेमा सार्वजनिक बहस हुनुपर्ने भन्दै ति जनप्रतिनिधिले आगामी दिनमा कति जनाले टंगालको रातो घरको खोर तिर यात्रा गर्नेहुन्  त्यो भने आउने दिनले बताउने धारणा राखेका छन।

 

तपाइँको प्रतिक्रिया ।