नेपाल स्काउट टोखा नगर समितिको दीक्षान्त एवं पद तथा गोपनियताको सपथ ग्रहण सम्पन्न
कपन अनलाइन
काठमाडौँ, श्रावण २३ । नेपाल स्काउट टोखा नगर समितिले नगर प्रमुख,उप-प्रमुख तथा समितिका सदश्यहरुको दीक्षान्त समारोह सम्पन्न गरेको छ। हरेक स्कुल र कलेजमा स्काउट स्थापना गर्ने र एक घर एक स्काउट अवधारणा लिएर संगठन विस्तार गर्ने उद्घोष गर्दै शुक्रबार पद तथा गोपनियताको सपथ सम्पन्न भएको हो ।
टोखा नगर समितिका सदस्य बिशाल डंगोलको संचालनमा भएको कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल स्काउटका राष्ट्रिय तदर्थ समिति संयोजक लोक बहादुर भण्डारीको रहेको थियो भने ,बागमती प्रदेशका प्रदेश सभा सदश्य दिपक निरौला,नेपाल स्काउटका बागमती प्रदेश सदश्य शिवराम अर्याल नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराई सहित टोखा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सहित जनप्रतिनिधिहरु लगाएतको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता टोखा नगरपालिका संयोजक नबिन श्रेष्ठले गरेका थिए । कार्यक्रममा स्काउट नबि श्रेष्ठले स्वागत मन्तब्य राखेकि थिइन् भने नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराईले शुभकामना मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए ।उनले युवालाई नैतिकवान अनुसासित र स्वयं सेवी भावनाको विकास गराउन नेपाल स्काउटको ठुलो भूमिका रहेको बताएका थिए ।उनले विद्यालय जीवनका बालबालिकाहरुलाई सानैदेखि अनुशासन र नैतिक शिक्षाको पाठ सिकाउन स्काउट अब्बल रहेको प्रष्ट प्रष्ट परेका थिए ।
टोखा नगर स्काउटले नगर प्रमुख प्रकाश अधिकारी सहित उपप्रमुख ज्ञानमाया डंगोल र शिक्षा शाखा प्रमुख बाबुराम गौतमलाइ दीक्षान्त गरेको हो । दीक्षित पदाधिकारीहरूलाई स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । । स्काउट संयोजक भण्डारीले स्काउट सँगको आवद्धताले स्वयंसेवाको विकास मात्र नगरी यो अभियानमा जोडिनेहरूको बौद्धिक, नैतिक र सामाजिक विकास हुने जिकिर गरेका थिए । समाज रुपान्ततरणमा स्काउटको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै उनले सरकारले पनि स्काउट अभियानको मर्म बुझेर सोही अनुसार बजेटको व्यवस्था गरिरहेको उल्लेख गरेका थिए । कार्यक्रममा बागमती प्रदेशका प्रदेश सभा सदश्य दिपक निरौला, टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारी, उप प्रमुख ज्ञान माया डंगोल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।