Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/08/227424288_840719933241829_6638723809666881415_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर नगरपालिका वडा नं ३ ब्रम्हडोल गाम्चामा आज बृहत स्वास्थ्य शिविर हुने

कपन अनलाइन

काठमाडौं, श्रावण २३। गोकर्णेश्वर नगरपालिका वडा नं ३ ब्रम्हडोलमा बृहत स्वास्थ्य शिविर कार्यक्रम हुने भएको छ ।सुरक्षित  बसौ सचेत रहौ, कोरोना महामारीलाइ परास्त गरौ, भन्ने मूल नाराको साथमा आज बृहत स्वास्थ्य शिबिर कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ । समुन्नत जालपादेबी युवा क्लब, कोरोना रोकथाम व्यवस्थापन तथा असर न्यूनीकरण युवा समूह, नयाँबस्ति बस्ति टोल सुधार समिति गाम्चा, राष्ट्रिय युवा परिषद काठमाडौं, श्री कुमारी गाम्चा युवा क्लब र नमुना बस्ति टोल सुधार समितिको संयुक्त आयोजनामा आज गोकर्णेश्वर नगरपालिका वडा नं ३ गाम्चा स्थित श्री ग्रामसुधार आधारभूत बिध्यालय प्राङ्गणमा  बिहान ९ बजे देखि अपरान्ह ३ बजे सम्म बृहत स्वास्थ्य शिविर  आयोजना गर्न  लागिएको आयोजकले जनाएको छ ।

उक्त स्वास्थ्य शिबिरमा निशुल्क स्वास्थ्य परिक्षण, निशुल्क आँखा जांच, दन्त परिक्षण, मधुमेह परिक्षण, गरिनुको साथै निशुल्क औषधि वितरण गरिने जानकारी गराइएको छ भने सोहि कार्यक्रममा मास्क स्यानीटाईजर् समेत  वितरण गरिने भएको जानकारी गराइएको छ  ।

तपाइँको प्रतिक्रिया ।