काठमाण्डौ-९ का महिला जनप्रतिनिधिहरुको स्वयंसेविकाहरु संग अन्तरक्रिया

काठमाण्डौ-९ का महिला जनप्रतिनिधिहरुको स्वयंसेविकाहरु संग अन्तरक्रिया

कपन अनलाइन

काठमाण्डौ ,साउन २२।

काठमाण्डौ महानगरपालिका वडा नं ९ का महिला जनप्रतिनिधिहरुले वडाका  अन्तरक्रिया महिला स्वयंसेविकाहरु संग अन्तरक्रिया गरेका छन।

काठमाण्डौ महानगरपालिका वडा नं ९ की सदस्य सृजना भेटवाल (खरेल ) को संयोजनमा बुढानिलकण्ठको शिवपुरी रिसोर्टमा भएको अन्तरक्रियामा २२ जना महिला  स्वयंसेविकाहरुको सहभागिता रहेको थियो।

वडा नं ९ का महिला स्वयंसेविकाहरुको क्षेमता अभिवृद्धि ,पुनर्ताजगी र शशक्तिकरणका लागि अन्तरक्रिया आयोजना गरिएको जानकारी दिदै सदस्य भेटवालले दिनरात नभनी वडावासीको सेवामा सक्रिय रहेका उनीहरुको कामको सम्मानका लागि सधै सक्रिय रहने बताएकी छन।

काठमाण्डौ महानगरपालिका वडा नं ९ की सदस्य रचना सुनामको उपस्थितिमा भएको सो कार्यक्रममा बोल्दै एक महिला स्वयंसेविकाले वडा कार्यालयलाई धन्यवाद दिदै यस्ता कार्यक्रमले आगामी दिनमा जनताको सेवाका लागि अझै प्रेरित गरेको धारणा राखेकी थिइन् ।

तपाइँको प्रतिक्रिया ।