तारकेश्वर ५ को नागार्जुन माध्यमिक बिध्यालय बाट भेरोसेल खोपको दोस्रो मात्रा लगाइने

तारकेश्वर ५ को नागार्जुन माध्यमिक बिध्यालय बाट भेरोसेल खोपको दोस्रो मात्रा लगाइने

कपन अनलाइन

काठमाडौं,श्रावण २२ । तारकेश्वर नगरपालिका वडा नं ५ ले कोरोना खोप सम्बन्धी अत्यन्त जरुरी सुचना सार्वजनिक गरेको छ । वडा सदस्य अनन्तमणि आचार्यले जारी गरेको उक्त सुचनामा तारकेश्वर नगरपालिकाको पत्रअनुसार  भेरोसेल खोपको पहिलो मात्र लगाएको २१ दिन  पुरा भएका ब्यक्तिहरुलाई खोपको दोस्रो मात्रा लगाउनको लागि तारकेश्वर नगरपालिका वडा नं ५ अन्तर्गतको नागार्जुन माध्यमिक बिध्यालयमा केन्द्र कायम गरिएको सार्वजनिक सुचना मार्फत जानकारी गराएको छ । २०७८ साल श्रावण २२ गते देखि २०७८ साल श्रावण २४ गते सम्म  खोप लगाइदै छ ।

 

तपाइँको प्रतिक्रिया ।