कागेश्वरी  मनोहरा नगरपालिकामा हाल सम्म ४३ हजार २२ जनाले कोरोना बिरुद्दको  खोप लगाए

कागेश्वरी  मनोहरा नगरपालिकामा हाल सम्म ४३ हजार २२ जनाले  कोरोना बिरुद्दको  खोप लगाए

कपन अनलाइन

काठमाडौँ, श्रावण २१।  कागेश्वरी  मनोहरा नगरपालिकामा हाल सम्म ४३ हजार २२ जनालाई कोरोना बिरुद्दको  खोप लगाइएको नगर प्रमुख कृष्णहरि थापाले सामाजिक संजाल मार्फत जानकारी गराएका छन ।२०७७ साल फाल्गुन २३ गते देखि चैत्र ४ गते सम्म २२ सय ६० जनालाई कोभीशिल्ड खोप लगाइएको त्यसै गरि २०७८ साल जेष्ठ २ देखि ११ गते सम्म ३३ सय ९६ जनालाई भेरोसेल खोप लगाइएको जानकारी गराएका छन।

त्यस्तै २०७८ साल जेठ २१ गते देखि  २५ गते सम्म ३ हजार जनालाई  कोरोना बिरुद्दको भेरोसेल खोप लगाइएको छ भने २०७८ साल असार २२ गते देखि  २४ गते सम्म ४ हजार २० जनालाई  कोरोना बिरुद्दको भेरोसेल खोप लगाइएको जानकारी गराएका छन। त्यस्तै २०७८ साल असार २९ गते देखि  श्रावण २ गते सम्म ११ हजार ४६ जनालाई भेरोसेल खोप लगाइएको जानकारी गराउदै श्रावण ४ गते देखि ७ गते सम्म ६ हजार ४ सय जनालाई अमेरिका बाट प्राप्त जोन्सन एण्ड जोन्सन खोप लगाइएको  जानकारी गराएका छन । त्यसै २०७८ साल श्रावण १४ गते देखि १८ गते सम्म पुन १२ सय जनालाई   कोरोना बिरुद्दको भेरोसेल खोप लगाइएको जानकारी गराएका छन।

तपाइँको प्रतिक्रिया ।