हालसम्म बुढानीलकण्ठका ५१,५८२ जनाले खोप लगाए, अर्को चरण साउन २२ र २३ गते दिने तयारी

हालसम्म बुढानीलकण्ठका ५१,५८२ जनाले खोप लगाए, अर्को चरण साउन  २२ र २३ गते दिने तयारी

कपन अनलाइन

काठमाण्डौ ,साउन १९।

बुढानीलकण्ठ नगरपालिकाका  ५१,५८२ जनाले कोरोना विरुद्धको  खोप लगाएका छन् । हालसम्म बुढानिलकण्ठ नगरपालिकाको  कुल जनसंख्या (नगर पर्श्वचित्र २०७४ अनुसार )  १,५३,३०३ मध्ये ३३.६ % जनसंख्याले कोभिड-१९ विरुद्धको खोप लगाएका हुन  ।

बुढानिलकण्ठ नगरपालिकामा गत बर्ष माघ महिनाबाट सुरु भएको खोप अभियान अन्तर्गत विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त कोभिसिल्ड (COVISHIELD), चाईनिज भेरोसेल (CHINESE VEROCELL) र जोन्सन एण्ड जोन्सन (J and J) खोप लगाइएको हो  ।

खोप अभियान अन्तर्गत नगरपालिकामा Covishield पहिलो मात्रा ५५२० जनाले लगाएका छन् भने भेरोसेल  पहिलो र दोस्रो मात्रा लगाउने संख्या १६,५८६ रहेको छ ।त्यस्तै  भेरोसेल पहिलो मात्रा मात्र लगाउने २२,२७६ र जोन्सन एण्ड जोन्सन खोप लगाउने ७२०० रहेको छ।

त्यस्तै नगरपालिकाले यहि साउन  २२ र २३ गते भेरोसेल खोपको दोश्रो मात्रा दिने तयारी थालेको स्वास्थ्य शाखाले जानकारी दिएको छ।

 

 

तपाइँको प्रतिक्रिया ।