श्री सिद्दि गणेश मा.वी कागेश्वरी १ मा बाली बिज्ञान बिषयक छलफल सम्पन्न

श्री सिद्दि गणेश मा.वी कागेश्वरी १ मा बाली बिज्ञान बिषयक छलफल सम्पन्न

कपन अनलाइन

काठमाडौँ, श्रावण १७। कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ गागलफेदीमा बाली बिज्ञान बिषयक छलफल सम्पन्न भएको  छ । श्री सिद्दि गणेश मा बी (बाली बिज्ञान प्राबिधिक शिक्षा) को आयोजनामा भएको उक्त छलफल कार्यक्रममा प्रमुख अतिथिको रुपमा  बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रि रामेश्वर फुयाल  रहेका थिए भने बिशेष अतिथिको रुपमा

 बिध्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष  राजकुमार थापा, बिध्यालयका सल्लाहकार सत्यनारायण श्रेष्ठ, विश्वराज श्रेष्ठ, नेपाली कांग्रेसका प्रदेश सभापति श्रीकृष्ण थापा,शिक्षक अभिभावक संघका अध्यक्ष दिनेश अर्याल,बिद्यालय व्यस्थापन समितिका पुर्व सदस्य दयाराम अर्याल,प्रवासी नेपाली मंच अन्तर्राष्ट्रिय कमिटि नेपालका प्रतिनिधि सुन्दर खतिवडा, श्री नवतमधाम कार्य समितिका सचिब गोपाल रिजाल,  श्री नवतमधाम कार्य समितिका सदस्य गोकुल रिजाल,विद्यालयका प्रधानाध्यापक बुद्धि विलास धिताल ,कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ को वडा सदस्य एबम बिध्यालय व्यवस्थापन समितिको सदस्य कविता सुनार,  लगायत शिक्षकहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता  कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का वडा अध्यक्ष एबम बिध्यालय व्यवस्थापन समिति तदर्थ समितिका  अध्यक्ष मकुन्द प्रसाद गजुरेलले गरेका थिए। भने  कार्यक्रम संचालन बिध्यालयका शिक्षक प्रकाश थापाले गरेका थिए  ।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक बुद्धि विलास धितालले स्वागत मन्तब्य सहित कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए । उनले  श्री सिद्दि गणेश मा बी मा प्राबिधिक रुपमा  २०७३ साल देखि संचालन गर्दै आएको जानकारी गराउदै पहिलो समुहले १२ कक्षा समेत उत्तीर्ण गरिसेको जानकारी गराएका थिए  भने दोस्रो समूह पास आउट हुने क्रममा रहेको जानकारी गराए लगभग ६० जना बिद्यार्थीहरुले  प्राबिधिक  शिक्षा लिईरहेको जानकारी गराउदै ,सहज रुपमा  रोजगारी पाउनका लागी स्कोप भएको  उक्त शिक्षा आफ्नै गाँउ ठाँउमा अध्ययन गर्ने वातावरण बनेपछी प्राविधिक शिक्षाप्रती युवा पुस्ताको आकर्षक बढ्दै गएको बताउदै सो बिध्यालयालाई  आवश्यक पूर्वाधार लगायत अन्य आवश्यक कुरा पुरा गर्न मन्त्रिको ध्यानाकर्षण समेत गराएका थिए  ।

उनले बाली बिज्ञानको लागि  प्रयोगात्मक शिक्षाको लागि आवश्यक प्रयोगशाला  निर्माण लगायतको क्षेत्रमा सहयोगको अपेक्षा गरेका थिए। ८ कक्षा भन्दामाथि  नेपाली र अंग्रेजी दुवै माध्यममा पढाइ हुने उक्त बिध्यालयमा १ देखि कक्षा ८ सम्म भने अंग्रेजी माध्यम मार्फत पढाइ हुदै आएको पनि जानकारी गराएका थिए। उनले बिध्यालयलाइ आजको अवस्था सम्म ल्याउन सहयोग  गर्ने सबैलाई धन्यवाद समेत दिएका थिए ।

कार्यक्रममा बिध्यालयका सहायक प्रधानाध्यापक अशोक कुमार खड्काले तथ्यांकगत रुपमा बिद्यालयको हालको अवस्था बारे जानकारी गराएका थिए  उनले अघिल्लो शैक्षिक सत्रमा कक्षा नर्सरी देखि १२ सम्म ५सय दश जनाको हाराहारीमा रहको  जानकारी गराए। साथै बाली बिज्ञान अध्ययन गरेर उत्तीर्ण भएर गएका बिद्यार्थीहरु मध्ये २ जनाले नगरपालिकामा काम गर्न सुरु गरिसकेको र अन्य विद्यार्थीहरुले पनि घर वरिपरी नै पढेको काम गरिरहेको जानकारी गराएका थिए ।  उनले यो वर्ष प्रवेश परिक्षा लिएका ७४ जना बिद्यार्थीहरु मध्ये ६३ जना बिद्यार्थीहरु उत्तीर्ण भएर भर्ना भएको जानकारी गराएका थिए ।कार्यक्रममा हालको अवस्था प्रयोगात्मक रुपमा कक्षा लिनको लागि सम्भायता र भाबि योजनाको बारेमा बाली बिज्ञानका सम्पूर्ण प्रशिक्षकहरुको तर्फ बाट शिक्षक कान्छीमाया वाइवाले प्रस्तुतीकरण गरेकी थिइन।

उनलेसुन्दा जति सहज र आवश्यक लागेता पनि प्राविधिक शिक्षा सञ्चालत तथा व्यवस्थापन सहज  नभएको बताइन उनले यसका लागि आवश्यक उपकरण औजार व्यवस्थापनको चुनौती त छँदै छ ।यसका अलावा सञ्चालनका लागि आवश्यक जनशक्तिको सहज उपलब्धता अर्को चुनौती  रहेको पन्नी बताइन उनले प्रयोगात्मक गर्नको लागि स्थान अभाब पनि अर्को चुनौती रहेको जानकारी गराएकी यद्यपी सिद्धि गणेश स्कुलेले त्यसको लागि काम  भने गरिरहेको र कोरोनाको कारण पनि  पढाइमा असर पुगेको जानकारी गराएकी थिइन ।

बिध्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष  राजकुमार थापाले शुभकामना मन्तब्य राख्दै बिद्यालयलाइ आजको अवस्था सम्म ल्याई पुर्याउन धेरै आरोह अवरोह पार गरेको स्मरण गरेका थिए।   उनले हरेक कुराको विकल्प हुने त्यी नै विकल्पहरुले  नया नया  कुराहरु ल्याउने बताएका थिए।  उनले  आफु बिध्यालय व्यवस्थापन समितिमा आउदा  १ देखि १० सम्म जम्मा १२७ जना बिद्यार्थी रहेको स्मरण गर्दै त्यतिबेला आफ्ना, शिक्षकहरुका बच्चाहरुलाई पनि सोहि बिद्यालयमा पढाउँ र सोहि बिद्यालय समितिको  अध्यक्ष  सदस्य बनौ  भनेर शुरु गरेको  अभियान बाट आज झन्डै ६ सय जना बिद्यार्थीहरु अध्ययन गरिरहेको बताए ।  उनले बिद्यालय सुधारको लागि सबै राजनीतिक दल एक जुट भएर काम गरेको उदाहरण दिदै भौतिक पूर्वाधार बिकासमा सबैको सहयोग रहेको जानकारी गराएका थिए।  उनले हाल धेरै संस्थागत बिध्यालयबाट सिद्दीगणेश स्कुलमा आएको र आउने क्रम जारी रहेको र अहिले बिद्यालयले प्रवेश परिक्षा लिएर मात्र भर्ना गर्ने गरेको जानकारी गराए। उनले बिध्यालयमा सबै युवा शिक्षक रहेको र त्यो युवा जोश उर्जाको कारण पनि गुणस्तरीय शिक्षा प्रदान गर्न बिध्यालय सफल भएको बताए ।बिद्यालय निर्माण बाट बचत गरेको पैसाले  प्लस टु संचालन गर्न राख्नु पर्ने धरौटी रकमलाइ  राखेर त्यसमा नपुग रकम समेत सबै संग सहयोग मागेर राखिएको जानकारी दिदै बिध्यालयमा कुनै पनि आर्थिक अनियमितता नगरिकन  काम गरेको जानकारी दिदै सबै काम पारदर्शी ढंग बाट सबैको सल्लाहमा गर्दै आएको जानकारी गराएका थिए। उनले सो बिद्यालयलाइ थप व्यवस्थित बनाउन सबैको सहयोग आवश्यक रहेको जानकारी गराएका थिए।

सामान्य शिक्षा पढ्दा भविष्यमा अवसरका बाटोहरू कम हुने तर प्राविधिक कृषि  विज्ञान पढेपछि आफैले स्वरोजगार सिर्जना गरेर आत्मनिर्भर बन्न सकिने भएकाले पनि प्राविधिक विषय अध्ययन गर्नेको संख्या बढ्ने उनले विश्वास गरे ।कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश सभापति श्रीकृष्ण थापा बिध्यालयका सल्लाहकार विश्वराज श्रेष्ठ, प्रवासी नेपाली मंच अन्तर्राष्ट्रिय कमिटि नेपालका प्रतिनिधि सुन्दर खतिवडा, लगायतले शुभकामना मन्तब्य राखेका थिए।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै  बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रि रामेश्वर फुयालले सो बिध्यालयलाइ यहाँ सम्म ल्याउनको लागि भूमिका खेल्ने ,सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । गाउँमा आधुनिक खेती प्रणाली अपनाएर थोरै जग्गामा धेरै उत्पादन गर्न घरैपिच्छे कृषि प्राविधिक उत्पादन गर्न आवश्यक रहेको बताउदै कृषि पढाइले बाँझो बारी नराखी युवालाई कृषि उत्पादनमा जोड्न मद्दत पुग्ने बताएका थिए  । उनले बाली बिज्ञानको लागि नगरी नहुने काम यहि आर्थिक वर्ष भित्रमा नघटाईकन रु दश लाख बिनियोजन गराउने प्रतिबद्धता ब्यक्त गरेका थिए । उनले सो बिद्यालयलाइ विश्व बिध्यालयको रुपमा लानको लागि सोहि ढंग बाट सबैको सहयोग योगदान आवश्यक रहेको भन्दै कागेश्वरी आउने जो कोहीलाई पनि एक पटक प्राबिधिक बिद्यालयको अवलोकन नगरी नफर्कने बातावरण बनाउने तर्फ सोच्न र त्यहि ढंग बाट काम गर्न पनि उनले सबैलाई अनुरोध गरेका  थिए ।उनले विश्वव्यापी सोचाइ र स्थानीय गराइ (थिंक ग्लोबल्ली, एक्ट लोकल्ली)  भने जस्तै स्थानीय स्तरमा उत्पादन भएका सामग्रीलाइ विश्व बजारमा बेच्न सक्ने बातावरण बनाउन पर्नेमा जोड  दिएका थिए।

 उनले बिदेश पढ्न गएका बिद्यार्थीहरुले चाहि फर्किदा पैसा कमाएर फर्कन सक्ने? नेपालमा पढेकाले चाहि किन नसक्ने भन्दै नेपालमा पढेकाले पनि पढ्दै कमाउन सक्ने बातावरण बनाउनु पर्ने जसको लागि यस्ता किसिमका प्रविधिका शिक्षाले सहयोग पुर्याउने बताएका थिए ।उनले गागलफेदीको सात घट्टे कागेश्वरी धाम, बिश्व को ठुलो काग रहेको  गागल शहिद उद्यान अब  विश्व गन्तब्य भएको जानकारी गराउदै बिश्वका मान्छेहरु गुगल सर्च गरेर खोज्दै आउने बताए। गागलफेदीको सात घट्ट मध्ये आज एउटा मात्र घट्ट बाँकि भएको जानकारी दिदै सो घट्टको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए। त्यस बाट पनि पर्यटन प्रवर्दनमा सहयोग पुग्ने हुँदा सात घट्टको इतिहासलाई कायम राखी उद्यान निर्माण गर्नको लागि सुझाब माग गरेका थिए। उनले फ्लोरेन्स नाइँटिगेलको भनाइ लाइ उदृत गर्दै मेरो सफलताको एउटै कारण हो, बहाना नबनाउने भने जस्तै सोहि नारालाई आत्मसाथ गर्दै आफुले काम गरिरहेको जानकारी गराएका थिए ।उनले परिवर्तनको लागि बहाना नबनाइ जति सकिन्छ त्यति काम गर्नु पर्ने बताएका थिए।  उनले आज प्रदेशको आफु मन्त्री  भए पनि मन्त्रि पदत कहिले जान्छ कहिले आउछ तर जीवन रहे सम्म योगदान गरिरहने प्रतिबद्धता गरेका थिए।

अध्यक्षताको आसन बाट बोल्दै कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ का वडा अध्यक्ष एबम बिध्यालय व्यवस्थापन समितिका तदर्थ समितिको  अध्यक्ष मकुन्द प्रसाद गजुरेलले धन्यवाद ज्ञापन गरेका थिए । उनले  जुन सुकै काम पनि इमान र निष्ठापुर्वक गर्यो भने त्यो कामले सफलता पाउने बताएका थिए।   उनले हरेक असफलता बाट नै सफलताको जन्म हुने बताएका थिए । उनले असल काम गर्ने मानिसहरुलाई पनि खराब प्रबित्तिका मानिसहरुले बिगार्ने पछिल्लो राजनीतिक घटनाक्रमले पनि देखाएको बताउदै त्यस बाट बिचलित नभई इमान र निष्ठापुर्वक लागेको खण्डमा पक्कै पनि एक दिन जित हुने  बताएका थिए। उनले सबैको सद्भाव सहयोगले सो बिद्यालयको  राम्रो भौतिक पूर्वाधार देखि शैक्षिक वतावरण सम्म सिर्जना भएको बताए ।उनले आगामी दिनमा पनि यस्तै सहयोग जारि रहने जानकारी गराएका थिए ।

तपाइँको प्रतिक्रिया ।