चन्द्रागिरी नगरपालिका द्वारा महानगरीय प्रहरी वृत्त थानकोटलाई २ वटा मोटरसाइकल प्रदान

चन्द्रागिरी नगरपालिका द्वारा महानगरीय प्रहरी वृत्त थानकोटलाई २ वटा  मोटरसाइकल प्रदान

कपन अनलाइन

काठमाडौं श्रावण ८ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चन्द्रागिरी नगरपालिकाले बिहीबार महानगरीय प्रहरी वृत्त थानकोटलाई २ वटा  मोटरसाइकल हस्तान्तरण गरेको छ ।चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंह मार्फत ५ लाख ३२ हजार ८ सय रुपैयाँ मूल्य बराबरको २ थान पल्सर  मोटरसाइकल महानगरीय प्रहरी वृत्त थानकोटलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षक अशोक सिंहले समुदाय तथा स्थानीय निकायले प्रहरीलाई निश्वार्थ प्रदान गरेका श्रोतसाधनको उपयोग गरी समाजको शान्ति सुव्यवस्था, अपराध अनुसन्धान तथा नियन्त्रणमा थप प्रभावकारिता हासिल गरी समुदायलाई थप सुरक्षाको प्रत्याभूति दिलाउन मद्दत पुर्याउने  बताए ।नेपाल प्रहरीको तर्फबाट कुनै पक्षपात नगरी निष्पक्ष रुपमा सांगठनिक निर्देशन बमोजिम कार्य गर्न वृत्तमा कार्यरत प्रहरी कर्मचारीहरुलाई उनले निर्देशन समेत दिएका थिए  । काठमाण्डौ प्रहरी प्रमुख सिंहले समाजमा हुने हरेक गतिविधिमा आग्रह पुर्वाग्रह नराखि आम नागरिकहरुलाई शान्ती सुरक्षा प्रधान गर्दै अपराधीक गतिविधी रोक्न कुनै कसर नराख्न पनि  निर्देशन समेत दिएका थिए  । उनले काठमाण्डौको मुख्य नाका संवेदनशिल भएको कारण स्थानिय सरकारको सहकार्यमा प्रविधिमैत्री सुरक्षा व्यवस्थापना जोड दिदै लाने  बताएका थिए  ।

चन्द्रागिरी नगरपालिकाका प्रमुख गिरीले सो नगरपालिकामा शान्ति सुरक्षा व्यवस्थापन र अपराध नियन्त्रण कार्यमा थप मद्दत  पुर्याउने  उद्देश्य अनुरुप महानगरीय प्रहरी वृत्त थानकोटलाई उक्त मोटरसाइकलहरु प्रदान गरिएको बताए । नगर प्रमुख गिरीले भन्ने हामीले नगरपालिकाको शान्ती सुरक्षालाई थप सहजिकरण गर्ने नागढुङगा देखि कलंकी सम्मको क्षेत्रमा १ करोडको सिसिटिभी जडान गरिसकेको र आगामी दिनमा दहचोक ध्यापे टोल,पानीघाट र थप गर्न योजना बनाएको बताए ।

चन्द्रागिरि नगरपालिकाका नगर प्रबक्ता हरि भक्त महर्जनले समृद्ध चन्द्रागिरि नगरपालिका बनाउने अभियानमा शान्ती सुरक्षा महत्वपुर्ण पाटो भएका कारण शान्ती सुरक्षाका हरेक पाटोलाई नगरपालिकाले सक्दो साथ र सहयोग प्रदान गर्ने बताए ।प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले प्राप्त मोटरसाइकलहरु नगरक्षेत्रमा प्रहरी सेवा तथा प्रहरी पहुँच यथाशीघ्र पु¥याउनको लागि  Quick Response Team (Q.R.T को रुपमा परिचालन गरिने जानकारी गराए ।उक्त अवसरमा काठमाण्डौ प्रहरी प्रमुख सिंहले नाकाको अवस्था, हुन सक्ने अपराधीक गतिविधि रोकथाम र अत्याधुनिक सिसिटिभीको बारेमा जानकारी लिएका थिए ।

तपाइँको प्रतिक्रिया ।