पुष्पलाल स्मृति दिवसमा नेपाल खेलकुद महासंघको वृक्षारोपण,भक्तपुर जिल्ला कमिटी घोषणा

पुष्पलाल स्मृति दिवसमा नेपाल खेलकुद महासंघको वृक्षारोपण,भक्तपुर जिल्ला कमिटी घोषणा

कपन अनलाइन 

काठमाण्डौ ,साउन ७ ।

४३ सौं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा नेपाल खेलकुद महासंघ भक्तपुर जिल्ला कमिटीको आयोजनामा  बृहद वृक्षारोपण तथा जिल्ला कार्यकर्ता भेला सम्पन्न भएको छ ।

नेकपा एमाले केन्द्रीय सदस्य  तथा पू्वमन्त्री  कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा  महासंघका इन्चार्ज तथा पूर्व खेलकुद मन्त्री दावा तामाङ्ग र महासंघका केन्द्रीय अध्यक्ष क. रमेश पौडेल विशेष अतिथि रहेका थिए।
भक्तपुरको  शंखधर पार्कमा करिव  १००० भन्दा बढी वृक्षारोपण गरी ठिमी व्यंकुटमा सम्पन्न भएको कार्यकर्ता भेलाले बिसोस श्रेष्ठको संयोजकत्वमा १०५ सदस्य रहेको भक्तपुर जिल्ला कमिटी घोषणा गरेको थियो ।
ठिमी नगरपालिकाका  प्रमुख   मदन सुन्दर शाक्य, प्रदेश सभा सदस्य  शशी जंग थापा , य सरस्वती बाती, नेपाल खेलकुद महासंघका उपाध्यक्ष  निरेसलाल सिंह, उपमहासचिव शान्ता माया परियार , बागमती प्रदेशका संयोजक सीताराम कार्की, उपत्यका विशेष कमिटीका सह संयोजक केशव व्यञ्जनकार, सचिव केशव ओली, सहसचिव क. विवेक घिमिरेको लगायतको उपस्थिति रहेको  कार्यक्रमको सञ्चालन प्रचण्ड बस्नेतले गरेका थिए भने  दीपक भट्टराईले स्वागत मन्तव्य राखेका थिए ।
तपाइँको प्रतिक्रिया ।