नेपाली कांग्रेस ओखलढुंगाको सभापतिमा आधा दर्जन आकांक्षी

कपन अनलाइन 

काठमाण्डौ ,साउन ७ ।

नेपाली कांग्रेसको राजनीतिक इतिहासमा निकै महत्वपूर्ण स्थान रहेको ओखलढुंगा जिल्लामा अधिवेशनको रौनक निकै बढ्न थालेको छ। केन्द्रीय महाधिवेसन नजिकिदै गर्दा जिल्लाको नेतृत्वका लागि दौडधुप पनि निकै चलिरहेको अवस्थामा दावेदार र इच्छुक ब्यक्तिहरुको  केन्द्रीय नेताहरुको घरदैलो र शुरु गरेको चर्चा पनि निकै चलिरहेको छ।

वर्तमान सभापति प्रदीपकुमार सुनुवारको दोस्रो कार्यकाल पूरा भएकाले जिल्लाको नेतृत्व लिने होडमा करिव आधा दर्जन भन्दा बढी नेताहरु जिल्ला सभापति बन्ने सपना बोकेर आन्तरिक छलफल र दौडाहामा रहेको चर्चा ओखलढुंगाको राजनीतिमा अहिले व्यापक चलिरहेको छ।

नेपाली कांग्रेसको आन्तरिक गुट र नेताहरुको फेरो समाएर ओखलढुंगा जिल्ला समितिको सभापति बन्नका लागि दिन रात नभनी दौडिरहेका जिल्लाका नेताहरु विचमा अहिले सम्भावित नतिजालाई आंकलन गरेर सहमति र सहकार्यको पहल पनि भैरहेको श्रोतले बताएको छ।

नेपाली कांग्रेस ओखलढुंगा जिल्लाको सभापतिका लागि बालकृष्ण दाहाल,वर्तमान उपसभापति तेजेन्द्र खनाल,नवराज केसी,सचिव रुद्र अधिकारी,अशोक कार्की  र कुमार लुइँटेलले सभापतिमा दाबी गरिरहेका छन।

तपाइँको प्रतिक्रिया ।