नेपाल लोकतान्त्रिक खेलकुद संघ केन्द्रीय कार्यसमितिको सदस्यमा चेत नारायण श्रेष्ठ

नेपाल लोकतान्त्रिक खेलकुद संघ केन्द्रीय कार्यसमितिको सदस्यमा चेत नारायण श्रेष्ठ

काठमाडौँ, श्रावण ७ ।नेपाली कांग्रेस सम्वद्ध  नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय कार्यसमितिको सदस्यमा फुटबल खेलाडी एबं प्रशिक्षक  चेत नारायण श्रेष्ठलाइ मनोनयन गरिएको छ।

 नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देबेन्द्र कुमार शेरचनले  संघको केन्द्रीय कार्यसमितिको सदस्यमा उनलाई चयन गरेका हुन । उनलाई संघको बृहत्तर हितलाइ ध्यानमा  राखी संघको बिधि बिधान अनुरुप कार्य गर्न अनुरोध गरिएको छ ।खेलकुद क्षेत्रमा भएको विकृति विसंगति हटाउनका लागि लोकतन्त्रप्रेमी खेलाडीलाई समेट्ने उदेश्य सहित  नेपाल लोकतान्त्रिक खेलकुद संघको स्थापना भएको थियो।

तपाइँको प्रतिक्रिया ।