गोकर्णेश्वर नगरपालिका वडा नं ८ को सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्ने बारे सूचना

कपन अनलाइन

काठमाडौँ, श्रावण ६। गोकर्णेश्वर नगरपालिका वडा नं ८ को  सामाजिक सुरक्षा भत्ताको लागि  परिचयपत्र नविकरण गर्ने बारे सार्वजनिक सूचना सार्वजनिक गरेको छ ।वडा  अध्यक्ष मनोज कुमार ढुंगानाले जारि गरेको उक्त सुचनामा गोकर्णेश्वर नगरपालिका वडा नं ८ को सामाजिक सुरक्षा भत्ता अन्तर्गत ज्येष्ठ नागरिक, दलित एकल तथा बिधवा महिला दलित बालबालिका पूर्ण अपांग, अति अशक्त अपांग  लगायत वडा बाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरुमा चालु आर्थिक बर्ष २०७८/७९ को लागि श्रावण १ गते देखि  श्रावण मसान्त सम्म नवीकरण गर्नुपर्ने भएको हुन निम्न आवश्यक कागजात सहित वडामा उपस्थित भई आफ्नो सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्नको लागे अनुरोध गरिएको छ ।

आवश्यक कागजात   

भत्ताको परिचय पत्रको फोटोकपि १नागरिकताको फोटोकपि १

बसाइ सराइ भए बसाइ सराइको फोटोकपि १

बिधवाको हकमा मृत्यु दर्ता को फोटोकपि १

सम्बन्धित व्यक्तिको फोटो २ वटा

अपांगको हकमा अपांग परिचय पत्रको फोटोकपि १

 दलित बालबालिकाको हकमा जन्म दर्ताको फोटोकपी  र अभिभावक को नागरिकताको फोटोकपि १

तपाइँको प्रतिक्रिया ।