गोकर्णेश्वर नगरपालिकामा मंगलबार १४ सय ३८ जनाले कोरोना बिरुद्दको जोन्सन एण्ड जोन्सन खोप लगाए
कपन अनलाइन
काठमाडौं श्रावण ६। गोकर्णेश्वर नगरपालिकामा अमेरिकाबाट अनुदान प्राप्त जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना विरुद्ध खोप अभियान अन्तर्गत मंगलबार श्रावण ५ गते ७४९ जना पुरुष र ६८९ जना महिला गरि कुल १४ सय३८ जनालाई लगाएको स्वास्थ्य शाखाले जनाएको छ ।
एक डोज मात्र लगाए पुग्ने सो खोप सोमबार बाट ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी लगायतलाई दिन सुरु गरिएको छ । नगरपालिकाले मंगलबार तिब्बती शरणार्थी शिविरमा ११९जनालाई लगाएको छ भनेचामुण्डा माध्यामिक बिद्यालय खोप केन्द्रमा ९१०जनालाई र सहयोगी माध्यामिक बिद्यालय खोप केन्द्रमा ४०९जनालाई गरि कुल १४सय ३८ जनालाई खोप लगाइएको नगरपालिकाले जनाएको छ ।
फोटो : सरोज बस्नेत
तपाइँको प्रतिक्रिया ।