विश्वकप क्रिकेटः न्युजिल्याण्डद्वारा श्रीलंका पराजित

आयोजक न्युजिल्यान्डले विश्वकप क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । न्यूजिल्यान्डको घरेलु मैदान क्राइस्ट चर्चमा शनिबार बिहान भएको खेलमा आयोजक टोलीले एसियाली हस्ती श्रीलंकालाई ९८ नरको फराकिलो अन्तरले पराजित गरेको हो ।

पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले पुरै ५० ओभर खेल्दै ६ विकेटको क्षतिमा ३३१ रन जोडेको थियो । जवाफी ब्याटिङमा उत्रेको श्रीलंका ४६.१ ओभरमा अलआउट हुँदै २३३ रनमा समेटिएपछि न्युजिल्यान्डले उद्घाटन खेलमा जित निकालेको हो ।
न्युजिल्यान्डलाई प्रभावशाली जित दिलाउने क्रम जिताउने क्रममा कोरी एन्डरसनले सर्वाधिक ७५ रन जोडे त्यसैगरी ब्रेन्डन म्याकुलमले ६५, केन विलियम्सनले ५७ र मार्टिन गुप्तिलले ४९ रन जोडे ।newzelad_world-cricte_

श्रीलंकाका लागि सुरंगा लकमल र जीबन मेन्डिसले व्यक्तिगत २/२ विकेट लिए । त्यसैगरी रंगना हेरथको नाममा अर्को विकेट रह्यो ।
जवाफी ब्याटिङमा उत्रेको श्रीलंकाका लागि लहिरु थिरिमानेले सर्वाधिक ६५ रन जोडे । एन्जेलो म्याथुजले ४६, कुमार सांगाकाराले ३९ तिलकरत्ने दिलसानले २४ रन जोडे । श्रीलंकाका अन्य ब्याट्सम्यान क्रिजमा राम्ररी टिक्न नसक्दा फराकिलो हार भोग्न बाध्य भयो ।

श्रीलंकालाई हार चखाउने क्रममा न्युजिल्यान्डका लागि टिम साउथी, ट्रेन बोउल्ट, एडम मिल्न, डानियल भिटोरी र कोरी एन्डरसनले व्यक्तिगत २/२ विकेट लिएका थिए । आजै अष्ट्रेलिया र इङ्ल्यान्डबीचको पनि खेल भइरहेको छ । अहिले अष्ट्रेलियाले ब्याटिङ गरिरहेको छ ।

तपाइँको प्रतिक्रिया ।