नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ (१ ) को सभापतिमा श्रीराम चालिसे (राज) को दावी

कपन अनलाइन

काठमाण्डौ ,साउन २।

नेपाली कांग्रेसको १४ औ महाधिबेसन नजिकिदै गर्दा स्थानीय क्षेत्रमा आफ्नो उम्मेद्वारी घोषणा गर्ने क्रम बढ्दो छ।  यसै क्रममा सुक्रबार रामहिटीमा रहेको क्लब मण्डला बाट श्रीराम चालिसे (राज) ले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन्।

नेपाल तरुण दलका महाधिबेशन प्रतिनिधि श्रीरामले काठमाण्डौ क्षेत्र नम्बर ३ को प्रदेस (क) को सभापतिको लागी  उम्मेद्वारी दिएका छन् । आफ्नो क्षेत्रमा युवाहरु माझ लोकप्रिय चालिसेले बिभिन्न सामाजिक क्रियाकलाप पनि गर्दै आएका चालिसेले  कांग्रेसलाइ क्षेत्रमा एकजुट बनाउन, गुट परम्परा मास्न र पार्टीको युवा शक्तिलाई एकजुट बनाउन आफुले उम्मेद्वारी दिने बताएका छन ।

काठमाण्डौ महानगरपालिका को वडा नं ६, गोकर्णेश्वरका  वडानं ९ र ५ समेटिएर बनेको  प्रदेस क्षेत्रमा अनुभवीलाई सम्मान ,युवाहरुलाई काम र सबैलाई संगठनमा अवसरका लागि प्रदेस  क्षेत्रीय सभापतिमा दावी गरेका चालिसे विभिन्न सामाजिक संघ संस्था र अभियानहरुमा सक्रिय रहदै आएका छन।

 

 

तपाइँको प्रतिक्रिया ।