नेपाली कांग्रेस गोकर्णेश्वर वडा नं ६ इकाई समितिको सभापतिमा गोबिन्द प्रसाद काफ्लेको दावी

कपन अनलाइन

काठमाडौं, श्रावण १। काठमाडौं क्षेत्र नं ३ मा नेपाली काँग्रेसको १४ औँ महाधिवेशन केन्द्रित गतिबिधि तीव्ररूपमा चलिरहेको  छ ।महाअधिवेशन नजिकिन लाग्दा काङ्ग्रेसका नेता, कार्यकर्ताहरु पूर्णरूपले अधिवेशनकेन्द्रित हुन थालेका छन् । काठमाडौं क्षेत्र नं ३ काँग्रेस पनि नेता कार्यकर्ताहरुको भेला, भेटघाट गर्दै अधिवेशनको परिणाम सर्वसम्मत साथै योग्यहरुको नेतृत्वमा पुर्याउन सक्रिय छ । अहिले नेपाली कांग्रेसका क्रियाशील सदस्यहरु विच नेताहरु नेतृत्वको दावी सहित पुगिरहेका छन भने आफ्नो उम्मेदवारीको उदेश्य र महत्वका वारेमा छलफल गरिरहेका छन।

त्यसै क्रममा नेपाली कांग्रेस १४ औं महाधिवेशनमा काठमाडौं क्षेत्र नं. ३ को गोकर्णेश्वर वडा नं ६ इकाई समितिको सभापतिमा गोबिन्द प्रसाद काफ्लेले  दाबी गरेका छन । नेपाली कांग्रेसलाई विजयी बनाउनका लागि अग्रज,प्रौढ ,युवा सहित सबैलाई सम्मानजनक रुपमा समेटेर अगाडी बढाउने योजनामा रहेको बताउदै  काफ्लेले इकाई संगै क्षेत्र नं ३ लाई पनि चलायमान बनाउन आफ्नो दावी रहेको धारणा राखेका छन।

२०५६ साल बाट ने.बि.सघं बानेश्वर क्याम्पस इकाइ बाट राजनितिमा प्रबेश गरेका काफ्लेले  शंखरदेब क्याम्पस हुदै ११ औ महाधिवेशन देखी निरन्तर नेपाली कांग्रेसको  क्रियासिल सदस्यमार्फत सक्रिय भुमिका खेल्दै आएका छन । ६२/६३ सालको जन आन्दोलन र चुनाबमा सक्रिय भूमिका खेलेका काफ्ले २०५८ साल बाट निरन्तर सहकारी अभियानमा  लाग्दै आएका छन ।आन्दोलन तथा संघर्षका कार्यक्रमहरुमा सहभागि रहँदै आफ्नो तर्फबाट नेपाली कांग्रेस पार्टीलाइ  सक्दो सहयोग गर्दै आईरहेका काफ्ले बिश्वज्योति साकोसको संस्थापक अध्यक्ष भइ हाल कार्यरत सोही संस्थाको प्रतिनिधित्व गर्दै नेपाली कांग्रेस पार्टीको तर्फ बाट उम्मेदवारी दिदै काठमाण्डौ बचत तथा ऋण सहकारी सघं लि मा १ कार्यकाल  नेतृत्व कुशलता पुर्वक निभाएका उनि  हाल बागमती प्रदेश बचत तथा ऋण सहकारी सघं लि को सचिब पदमा रही जिम्मेवारी बहन गर्दै आएका छन ।

नेपाली कांग्रेसमा आवद्ध सहकारीकर्मिहरुको संस्था नेशनल को अपरेर्टस एलाइन्स नेपालको केद्रिय सदस्य, जि आ एस नेपाल को अध्यक्ष हुदै हाल सल्लाहाकार रहेका काफ्ले , पुर्व संचालक महेन्द्र नारायण निधि अस्पताल हाल सदस्य रहेका छन ।

  मानब अधिकार तथा शान्ति समाज आजिबन सदस्य, स्वयम सेबि संस्था लायन्स क्लब अन्तराष्ट्रिय  अन्तर्गत लायन्स क्लब अफ काठमाडौं डाँफेको २ कार्यकाल अध्यक्ष रहि हाल डिष्र्टिक ३२५ ए १ को बिशेष सल्लाहाकारको भूमिका निर्वाह गरिरहेका उनि ,एमनेष्टी इन्टरनेशनल, ब्लड डोनर एसोसियसन गोकर्णेश्वर नगरपालिका अध्यक्षको रुपमा काम गरिरहेका छन भने  एमनेष्टी इन्टरनेशनल, नेपाल रेडक्रस सोसाइटी लगायत अन्य बिभिन्न सामाजिक संस्थाहरुमा निरन्तर सक्रिय भुमिकामा रहि काम गरिरहेका छन।  उत्कृष्ट कार्य गरे बापद बिभिन्न संघ संस्थाहरु बाट बिभिन्न समयमा सम्मानद्धारा  सम्मानित  काफ्लेले बिभिन्न सेमिनारहरुमा भाग लिन मलेसिया, श्रीलंका, बंगलादेश, संयूक्त अरव इमिरेट्स, थाइल्याण्ड, भारत, म्यानमार, चिन आदी देशहरुको भ्रमण गरि अनुभब हासिल गरेका छन् । ।सामाजिक काममा रुची राख्ने काफ्ले राजनीतिलाई पेशा बनाउनु नहुने तर्क राख्छन उनि  राजनितिमा सक्रिय हुदै  सा गाडि तथा मोटरसाइकलको लुर्बिकेन्ट तथा टायर ब्याट्री, अवी ट्रेड लिंक प्रा लि नामक कम्पनि मार्फत थोक तथा खुद्रा ब्यापारीको रुपमा समेत काम गर्दै आएका छन ।

भौतिक र सामाजिक सहित समग्र विकासका लागि विभिन्न संघ संस्था तथा अभियानहरुको अग्रमोर्चामा सक्रिय रहदै आएका काफ्लेले संगठन सुदृढ गर्दै सबै अट्ने र सबैलाई समेट्ने नेपाली कांग्रेस बनाउन लाग्ने बताएका छन ।

 कर्ममा बिश्वास गर्ने काफ्लेले इकाइका सबै क्रियाशील सदस्यहरुलाई मिलाएर   एक ढिक्का हुदै  पार्टीको नीतिनियम अनुसार चल्ने बताएका छन । स्थानीयस्तरमै नेता तथा कार्यकर्ता सक्रिय भएमात्रै पार्टी चलायमान  हुने बताउने काफ्लेले नेता तथा कार्यकर्ताले कसैलाई आरोप प्रत्यारोप लगाउनु भन्दा पनि आ–आफ्नो स्थानबाट सक्रिय भएर लाग्नुपर्नेमा जोड दिदै  पार्टीलाई एकमत बनाएर लैजानका लागि सबै जिम्मेवार ढंगले लाग्नुपर्ने त्यसको लागि भूमिका खेल्ने बताउछन ।

 महाधिवेशन नजिकिदै गर्दा गोबिन्द प्रसाद काफ्लेले सबैलाई मिलाएर सुदृढ नेपाली कांग्रेस निर्माण गर्नको लागि काठमाण्डौ क्षेत्र नं ३ को गोकर्णेश्वर वडा नं ६ इकाई समितिको सभापतिमा उम्मेदवारी दिन लागेको जानकारी गराएका छन  । सोमबार बसेको क्रियाशिल भेलामा औपचारिक रुपमा इकाई सभापतिमा गोबिन्द प्रसाद काफ्लेले दावी गरेका हुन।

तपाइँको प्रतिक्रिया ।