कागेश्वरी मनोहरा नगरपालिकाको ७४ औं नगरकार्यपालिका बैठकका महत्वपुर्ण निर्णयहरु

कागेश्वरी मनोहरा नगरपालिकाको ७४ औं नगरकार्यपालिका बैठकका महत्वपुर्ण निर्णयहरु

कपन अनलाइन

काठमाडौं,असार २८ । कागेश्वरी मनोहरा नगरपालिकाको ७४ औं नगरकार्यपालिका  बैठक आइतबार सम्पन्न भएको छ ।नगर प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा बसेको उक्त बैठकले निम्न निर्णय गरेको नगर प्रवक्ता राजाराम पुडासैनीले जानकारी गराएका छन ।

१) चालु आ व २०७७/७८ को लागि  विनियोजन भएको बजेट मध्ये चालु तर्फ रु ४१,२४,६१,६१६.०० (८६,७९%) र पुँजीगत तर्फ रु १,२९,६३,६५,०००.०० (७५.८६%) को आवधिक समिक्षा  गर्दै योजना निर्माण व्यवसायीवाट तोकिएको समय सिमा भित्र कार्य सम्पन्न नगरेको कारणले केहि बाटोहरु निर्माणाधीन अवस्थामा रहेको हुँदा आवत जावतमा समस्या पर्न गएको गुनासो शीघ्र समाधानको लागि निर्माण व्यवसायीलाइ निर्देशन दिने ।

२) शिक्षा समितिले सिफारिस गरे बमोजिम कागेश्वरी मनोहरा नगरपालिका भित्र रहेका सामुदायिक बिध्यालयहरुको व्यवस्थापन समितिको कार्यकाल समाप्त भएको हुँदा नगर शिक्षा ऐन २०७५ को दफा २० (चौधौ संसोधन) अनुसार नया समिति गठनका लागि सम्बन्धित बिद्यालयमा जानकारी दिने ।

३) भू-उपयोग ऐन २०७७को दफा २० मा व्यवस्था भए बमोजिम नगर प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा कार्यन्वयन समिति गठन गरिएको जानकारी गराइएको छ ।

४) कागेश्वरी मनोहरा नगरपालिका भित्र हाल सम्म बिभिन्न उमेर समूहका ११,३११ जना नगर बासीहरुलाई कोभिशिल्ड र भेरोसिल खोप लगाइएको र अन्य उमेर समूहलाइ सरकार बाट प्राप्त खोपको मात्रा र निर्देशन अनुसार व्यवस्थित रुपमा लगाइने जानकारी गराएका छन ।

तपाइँको प्रतिक्रिया ।