कन्सल्ट्यान्ट साइक्यास्ट्रिक डा. अर्याल बाँसबारीको गेस्ट हाउसमा मृत भेटिए

कन्सल्ट्यान्ट साइक्यास्ट्रिक डा. अर्याल बाँसबारीको गेस्ट हाउसमा मृत भेटिए

कपन अनलाइन

काठमाण्डौ ,असार २८।

मानसिक अस्पताल पाटनमा कार्यरत  कन्सल्ट्यान्ट साइक्यास्ट्रिक डा. सुदिप अर्याल मृत अवस्थामा फेला परेका छन् ।उनी आइतबार दिउँसो बाँसबारीस्थित पूर्वेली गेस्टहाउसमा मृत अवस्थामा फेला परेका हुन्।

पाेस्टमार्टमका लागि शिक्षण अस्पताल पुर्‍याइएका उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।त्रिवि शिक्षण अस्पतालबाट एमडी गरेका डा. अर्याल एक वर्षदेखि मानिसक अस्पतालमा कन्सल्ट्यान्ट साइक्यास्ट्रिकका रूपमा कार्यरत थिए । दुई महिनाअघि विवाह गरेका डा. अर्याल परिवारसँगै बबरमहलस्थित घरमा बस्दै आएका थिए ।

तपाइँको प्रतिक्रिया ।