सबैको सम्मानजनक नेतृत्व व्यवस्थापन पछि मात्र आफ्नो वारेमा निर्णय गर्नेछु : गणेश कोइराला

सबैको सम्मानजनक नेतृत्व व्यवस्थापन पछि मात्र आफ्नो वारेमा निर्णय गर्नेछु : गणेश कोइराला

कपन अनलाइन

काठमाण्डौ ,असार २५।

नेपाली कांग्रेस बुढानिलकण्ठ नगर समितीका सभापति गणेश कोइरालाले सबैको सम्मान जनक नेतृत्व व्यवस्थापन पछि मात्र आफ्नो वारेमा निर्णय गर्ने बताएका छन।

नेपाली कांग्रेसले अधिवेशनको मिति तय गरे संगै धेरै नेता तथा कार्यकर्ताहरुले विभिन्न पदमा दावी गरिरहदा तपाइको दावी के मा हो ? भन्ने कपन अनलाइनको प्रश्नमा कोइरालाले आफु जुन सुकै पदमा पनि योग्य र सक्षम रहेको भन्दै पहिला सबै नेता तथा कार्यकर्ताहरुको सम्मान जनक व्यवस्थापन पछी मात्र आफ्नो वारेमा सोच्ने बताएका छन।

बुढानिलकण्ठका सबै वडाहरुमा साउन १२ गते नेतृत्व चयन र व्यवस्थापन गरे पछी मात्र आफ्नो वारेमा निर्णय गर्ने सोच बनाएकोले अहिले आफ्नो लागि सबै ढोका खुल्ला रहेको भन्दै सभापति कोइरालाले यस पटक सबै नेता तथा कार्यकर्ताहरु संगको सघन छलफल -पछी मात्र उपयुक्त निर्णयमा पुग्ने बताएका छन।

गत स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठमा भोगेको पराजयका वारेमा निकै गम्भीर समिक्षा र अध्ययन गरेका कोइरालाले अव बन्ने वडा,नगर र क्षेत्रीय समितीको निकै ठुलो र गहन अभिभारा रहेको बताउदै अहिले नै प्रचारबाजीमा लाग्नु उचित नहुने धारणा राखेका छन।

 

तपाइँको प्रतिक्रिया ।