भारतमा अरविन्द केजरीवालको शानदार उदय

Arvind Kejriwal Leader of Aam Aadmi Party (1)

कपन अनलाइन\०७१ माघ २७

भारतको दिल्ली विधानसभा निर्वाचनमा  अरविन्द केजरीवाल शानदार उदाए भएको छ । ‘मफलर म्यान’ भनेर चिनिने केजरीवालको आम आदमी पार्टीले आज मतगणना भैरहेको दिल्ली विधानसभाका सबै ७० स्थानको जारी मतगणनामा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप) ६५ स्थानमा अगाडि छ । प्रधानमन्त्रि नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (बिजेपी) ४ स्थानमा र अन्य १ स्थानमा अगाडि छ भने कांग्रेस कांग्रेश खातासमेत खोल्न नसक्ने अवस्थामा पुगेको छ  ।

भारतभरी मोदी लहर चलिरहेको बेला केजरीवालले दिल्लीमा निर्वाचन घोषण हुनु अघिदेखि नै बिजेपीमाथि दबाब बनाउँदै आएका थिए । अहिलेसम्मको मतगणनाबाट उत्साहित केजरीवालले दिल्लीमा अनपेक्षित सफलता पाएको बताएका छन् । आपले दिल्लीमा पानी, विजुली, ग्याँस जस्ता सबै वर्गलाई दैनिक आवश्यक वस्तु सस्तो दाममा उपलब्ध गराउने, भ्रष्टाचारमा शून्य सहनशिलता, गरिब र साना कारोबारीका पक्षमा काम गर्ने र दिल्लीको तिव्र विकास जस्ता वाचा गरेको थियो ।

इन्जिनियरिङ अध्ययन, कर विभागको सरकारी जागिर छोडेर भ्रष्टाचार विरोधी र अधिकारकर्मी कर्ममा उत्रिएका केजरीवाल अन्ना हजारेसँग भ्रष्टाचार विरोधी कानून बनाउने अभियानमा उत्रेपछि चर्चामा आएका हुन् । निर्वाचन मतगणनामा आफ्नो पार्टी निकै अघिदेखिएपछि उनले हजारेलाई फोन गरेर आशिर्वाद मागेका छन् भने मतगणना जारी नै रहेका बेला प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीको विकासमा केजरीवाललाई सहयोग गर्ने भन्दै चियाको निम्तो दिएका छन् ।

 

तपाइँको प्रतिक्रिया ।