लायन्स क्लव इन्टरनेसनल र नेपाल स्काउको सहकार्यमा विपद व्यवस्थाप तालिम

लायन्स क्लव इन्टरनेसनल र नेपाल स्काउको सहकार्यमा विपद व्यवस्थाप तालिम

कपन अनलाइन

काठमाण्डौ ,असार २५।

लायन्स क्लव अफ काठमाडौं सिम्रिकको आयोजनामा र नेपाल स्काउटको सहकार्यमा  विपद व्यवस्थाप तालिम सम्पन्न भएको छ । गोकर्ण स्थित वल्ड युथ इन्टरनेसनल स्कुलको प्राङगणमा भूकम्प, आगलागी, बाढी पहिरो जस्ता विपतीमा परेकाहरुको उद्दार तथा प्राथमिक उपाचार विधीको बारेमा सीप सिकाइएको थियो ।

लियो क्लव तथा गोकर्णेश्वर र नेसलन ओपन स्काउट क्रु /रेञ्जरहरुको सहभागीता रहेको तालिम दलको नेतृत्व डा. प्रणव कर्माचार्यले गरेका थिए  । तालिममा स्काउट लिडर सुरज खनाल, विदुर गिरी, मलिना महर्जन, प्रसिल प्रधान, राजकुमार थापा, अस्मिता श्रेष्ठ, राम श्रेष्ठ, मेहेक खातुन गुरुङ र हिना श्रेष्ठले तालिम दलमा रहेर प्रशिक्षण दिएका थिए ।

तालिम समापन कार्यक्रममा लाइन्स क्लब इन्टरनेसन डिष्ट्रिक ३२५ ए १ का गर्भनर रेवतबहादुर कार्कीले तालिमले लाइन्सको समाजसेवाको उद्देश्यमा थप प्राविधिक जनशक्तीले सु–शोभित भएको भन्दै खुशी व्यक्त गरेका थिए  । उनले  विपद व्यवस्थापनमा आवश्यक पर्ने सामाग्री डिष्ट्रिक ३२५ ए १ को तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर गरेका थिए  ।

कार्यक्रममा लायन्स क्लब इन्टरनेसन डिष्ट्रिक ३२५ ए १ का प्रथम भाइस गर्भनर कर्म गुरुङ लगायत लाइन्स तथा स्काउटका लिडरहरुको समेत उपस्थिती रहेको थियो ।क्लव सिम्रिकको मातहतमा रहने सो तालिम प्राप्त युवाहरुको समूहलाई ‘स्मार्ट विपद व्यवस्थापन समूह’ नामकरण गरिएको छ ।

पाँच दिनसम्म सञ्चालन भएको तातिममा ३२ जना लाइन्स तथा स्काउट रोभर/रेञ्जरहरुको सहभागिता रहेको थियो । सो मध्य २२ जना तालिममा उतिर्ण भएका थिए । तालिम लाइन्स क्लव अफ काठमाडौं सिम्रिकका विपद व्यवस्थापन प्रमुख कृष्ण श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएको थियो ।

तपाइँको प्रतिक्रिया ।