बुढानिलकण्ठ-१० निवासी सहसचिव कृष्णहरी पुष्कर नेपाल सरकारको सचिवमा बढुवा

बुढानिलकण्ठ-१० निवासी सहसचिव कृष्णहरी पुष्कर नेपाल सरकारको सचिवमा बढुवा

कपन अनलाइन

काठमाण्डौ ,असार २५।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० निवासी सहसचिव कृष्णहरी पुष्कर  नेपाल सरकारको  सचिवमा  बढुवा भएका छन  । बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पुष्करलाई प्रशासन तर्फ सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

पुष्कर कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रवक्ताको जिम्मेवारीमा रहेका थिए  ।लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बिहीबार बिहान सिहंदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ एक सचिवमा बढुवाका लागि एक नम्बरमा पुष्कर, दुई नम्बरमा खगेन्द्र प्रसाद नेपाल र तीन नम्बरमा किरण राज शर्माको नाम सिफारिस गरेको थियो ।

पुष्कर र नेपालको नाम यसअघि दुई पटक बढुवाका लागि सिफारिस भइसकेको थियो भने शर्माको नाम पहिलो पटक सिफारिस भएको हो ।

तपाइँको प्रतिक्रिया ।