अर्जेन्टिना कोपा अमेरिका कपको फाइनलमा

अर्जेन्टिना कोपा अमेरिका कपको फाइनलमा

कपन अनलाइन

काठमाण्डौ ,असार २३ ।

कोपा अमेरिका २०२१ को उपाधि भिडन्त  अर्जेन्टिना र ब्राजिलबीच हुने भएको छ ।  अर्जेन्टिनाले प्रतियोगिताको दोस्रो सेमिफाइनलमा कोलम्बियालाई बुधबार टाइब्रेकरमा ३–२ हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो ।

अर्जेन्टिनाको जितमा गोलरक्षक एमिलानो मार्टिनेज ले कोलम्बियाका तीन प्रहार रोकेका थिए । यो जितपछि विश्व फुटबलका सबैभन्दा ठूला स्टारमध्ये एक रहेका लियोनल मेसीको आफ्नो देशका लागि उपाधि जित्ने सपना कायम रह्यो । ब्राजिलविरुद्धको फाइनल आइतबार हुनेछ ।

तपाइँको प्रतिक्रिया ।