ओखलढुंगाका सांसद मोहन खड्काको अभिमान जित्यो तर जिल्लाको सम्मान हार्यो

कपन अनलाइन

काठमाण्डौ ,असार २३ ।

ओखलढुंगाका सांसद मोहन खड्काको अभिमान जित्यो तर जिल्लाको सम्मान हार्यो भन्ने चर्चा अहिले जिल्लाक हरेक गाउँ टोलमा चल्न थालेको छ।

ओखलढुंगा जिल्लाका दुई प्रदेस सभा सदस्यको दोहोरी इन्द्रेणी कार्यक्रममा उम्दा कलाकारले दिएको प्रस्तुति भन्दा कम नभएपनि यसले अरुलाई राम्रै मनोरंजन दिए पनि ओखलढुंगा जिल्लाका जनताहरुलाई भने शिर झुकाउने बनाएको चर्चा पनि व्यापक चलेको छ।

मन्त्रि अम्बिर बाबु गुरुङको अभिव्यक्तिलाई लिएर  अवरुद्ध संसद अन्तमा रेकर्ड बाट सो हटाउने र अन्य माननीयहरुले पनि मर्यादित र शालीन भाषा प्रयोग गर्ने गरी सभामुखले दिएको निर्देशन पछी खुल्र्को त् छ तर त्यसले ओखलढुंगाका जनतामा रहेको सांसदहरु प्रतिको सम्मानलाई भने कालो पोतिदिएको छ।

मन्त्रिको अभिव्यक्ति हटाउन लगाएर ओखलढुंगाको प्रदेस क्षेत्र नं २ का प्रदेस सभा सदस्य मोहन खड्काले राजनीति जितेपनि उनले वर्षौ निकै दुख गरेर कमाएको सम्मान ,इज्जत र स्नेह भने धुलिसात भएको एक बुद्दिजीवी बताउछन।

आफ्नो घरको कुरालाई सार्वजनिक गरेर रास्ट्रिय चर्चाको विषय बनाउदै बजारमा असरल्ल पार्नु सांसद खड्काको राजनीतिक बुद्दिमता भन्दा पनि आवेस र अभिमानको राजनीतिको नमुना भएको ति बुद्दिजीवीको ठहर छ।

त्यस्तै मन्त्रि गुरुङले पनि उनलाई केवल क्षेत्र नं १ र विशेषत् रुम्जाटार क्षेत्र मात्र हेर्ने गरेको आरोपलाई मिथ्या सावित गर्नका लागि देखिने गरी योजना तथा कार्यक्रम ल्याउनु पर्ने दवाव यो प्रकरणले बढाएको छ।

केहि दिन प्रदेस नं १ को संसदमा राम्रै नाटक मन्चन गरेर दुनियालाई मनोरंजन दिएका ओखलढुंगा जिल्लाका सांसदद्वयले यस विचमा जिल्लाले गुमाएको सम्मान उठाउन भने निकै ठुलो कसरत गर्नुपर्ने एक शिक्षक बताउछन।

स्वयम् लाजलाई पनि लज्जा हुने गरी नौटंकी देखाएका सांसदहरुको गतिविधिले लज्जित बनेका ओखलढुंगा जिल्लाका जनताहरुले अहिले विस्मृत मन लिएर घटनाक्रम हेरिरहेको बताउदै ति शिक्षकले प्रदेस नं १ को संसदमा देखिएको आरोप प्रत्यारोप  हेर्दा इज्जत बचाउन फरिया उचालेर मुख छोपे जस्तै भएको टिप्पणी गरेका छन।

ओखलढुंगा जिल्लाका प्रतिनिधिहरुको हर्कतका कारण धेरै ठाउमा व्यंग्य ,अपमान , टिप्पणी र प्रहार खेपेका जिल्लावासीहरुले अवका दिनमा गर्ने प्रश्नको जवाफ पल पलमा दिनुपर्ने बताउदै एक जिल्ला नेताले अभिमान र सम्मानको लडाईले जिल्लाको बामपन्थी आन्दोलनमा पनि कालो दव्वा पोतेको टिप्पणी गरेका छन।

 

तपाइँको प्रतिक्रिया ।