पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

कपन अनलाइन

काठमाण्डौ ,असार २३।

नेपाल आयल निगमले खाना पकाउने ग्याँस, पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धनको  मूल्य बढाएको छ। यसअघि समायोजन भएको १३ दिनमै पेट्रोलियम पदार्थको मूल्य बढेको हो।
प्रतिलिटर २ रुपैयाँले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाइएको निगमले जनाएको छ। अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम भएको छ। निगमका अनुसार आज राति १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ।
त्यस्तै आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएर प्रतिलिटर ८४ रुपैयाँ पुर्याइएको छ। अन्तर्राष्ट्रिय उडानमा प्रतिकिलोलिटर इन्धनको १९ अमेरिकी डलर वृद्धि गरिएको छ।
तपाइँको प्रतिक्रिया ।