मदन भण्डारी फाउन्डेसन काठमाडौँ महानगर कमिटीको आयोजनामा रक्तदान सम्पन्न

मदन भण्डारी फाउन्डेसन काठमाडौँ महानगर कमिटीको आयोजनामा रक्तदान सम्पन्न

कपन अनलाइन

काठमाण्डौ ,असार २१।

मदन भण्डारी फाउन्डेसन काठमाडौँ महानगर कमिटीले तिनकुनेमा  रक्तदान सम्पन्न भएको   छ । आज (शनिबार) बिहान कामनपा ३२ तिनकुने , गैरी गाउँ स्थित याप्पल इन्टरनेशनल स्कुलमा रक्तदान कार्यक्रम गरेको हो ।

कोरोनाको दोस्रो भेरियन्टका कारण अस्पतालमा कोभिडका बिरामी बढ्दै जाँदा रगत अभाव हुन थालेपछि मदन भण्डारी फाउण्डेसन महागर कमिटीले सप्ताव्यापी  रक्तदान कार्यक्रम संचालन गरेको मदन भण्डारी फाउण्डेसन काठमाडौं महानगर कमिटी सचिवालय सदस्य  विकास चालिसेले जानकारी दिए । चालिसेले रक्तदान जीवन दान भएको भन्दै यस्ता कार्यक्रम फाउण्डेसनको प्राथमिकतामा परेको बताए ।

ुकोरोनाको महामारीका कारण अस्पतालहरुमा बिरामीको चाप बढी छ ,ब्लडको आवश्यकता पनि बढ्दो छ , उनले भने निषेधाज्ञाका कारण ब्लड संकलन पनि धेरै मात्रामा हुन सकिरहेका छैनन् । कसैले ब्लड नपाएर छटपटाउनु नपरोस् भन्ने मनाशयले फाउण्डेसनले रक्तदान कार्यक्रमलाई तिव्रता दिएको हो ।

मदन भण्डारी फाउण्डेसन काठमाडौं महानगर कमिटी सचिव  श्रीराम राईका अनुसार आजको रक्तदानमा ४९  पीन्ट भन्दा बढी रगत संकलन भएको छ । विगतमा पनि रक्तदान कार्यक्रमलाई प्राथमिकता दिदैं आएको संचारकेन्द्रले कोरोनाको दोस्रो भेरियन्ट आए लगत्तै अझ कार्यक्रमलाई विस्तार गर्दै काठमाडौंका विभिन्न स्थानमा प्रत्येक शनिवार रक्तदानका कार्यक्रमलाई निरन्तरता दिदैं आएको राईको भनाई थियो ।

कोराना माहामारीको बीचमा पनि भौतिक दुरीकायम गरी स्वस्थ्य मापदण्ड अपनाई व्यवस्थित  तवरबाट रक्तदानको कार्यक्रम गरिएको थियो ।

मदन भण्डारी महानगर कमिटीले रक्तदानमा सहभागीहरुलाई खाजा समेत व्यवस्था गरको थियो ।

तपाइँको प्रतिक्रिया ।