अर्थवेद : अविचल आस्था मणि ( कविता )
कपन अनलाइन
काठमाण्डौ ,असार २०।
कुरा सफा, खरा गर्ने बसालेको बानी
छैन चरा खसालेको मटेङ्ग्रोले हानी
प्रेम गर्नु पाप हैन भन्छ सोझो मन
चढेको छु चुचुरामा, चहारेको वन
दिनुहोला अर्ति, बुद्धि, थप्नुहोला ज्ञान
मान्नुहुन्छ जपौं सँगै ईश्वरको नाम
कर्तव्यको ख्याल राखी गर्नुपर्छ काम
नकारको जिकिरले हुन्छ अपमान
भूतकाल बिती सक्यो ऐले वर्तमान
सत्य देखी अहंकारी हुन्छन् थर्कमान
प्रेम बस्यो कवितामा खुबै हर्ष मान
राख्नसक्छु भन्छन् कवि विश्वकीर्तिमान
कतै प्रेम उम्रियो कि आफैं भित्र खोज
सफा, शुद्ध भावना छन् आफ्नै प्रिय रोज
प्रेमबाट उकारिन्छ जीवनमा मोज
माया लेनदेन गर्न शुभ लग्न रोज
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।