जातीय विभेद र लैंगिक हिंशामा टोखा नगरपालिकाको सुन्य सहनशिलता

जातीय विभेद र लैंगिक हिंशामा टोखा नगरपालिकाको सुन्य सहनशिलता

कपन अनलाइन

काठमाण्डौ ,असार १६।

टोखा नगरपालिकाले जातीय विभेद र लैंगिक हिंशामा सुन्य सहनशीलताको नीति अपनाउने बताएको छ।

नगरपालिकाले आव २०७८/७९ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा  लैंगिक हिंशा ,जातोय विभेद ,शोषण ,मानव बेच बिखन र दुर्व्यवहारका घटनाहरुमा सुन्य सहनशीलताको नीति अपनाउने उल्लेख गरिएको छ।

यसक लागि नगरपालिकाले स्थानीय संघ संस्थाहरुको सहकार्यमा विभिन्न सचेतनामुलक कार्यक्रमहरु संचालन गर्ने योजना ल्याएको टोखाले हिंशा पिडित र प्रभावितहरुको सहयोगका लागि तत्काल स्थानीय उद्दार तथा राहत समितिलाई प्रभावकारी बनाउदै निरन्तरता दिने उल्लेख गरेको छ ।

नगरपालिकामा बागमती प्रदेस सरकारको सहयोगमा निर्माण हुने जेष्ठ नागरिक सहायता केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययन शुरु गर्ने घोषणा गरेको टोखा नगरपालिकाले हिंसा पिडित ब्यक्ति ,बालबालिका र जेष्ठ नागरिकहरुका लागि आपतकालीन कोष स्थापना गर्ने पनि  जानकारी दिएको छ ।

 

तपाइँको प्रतिक्रिया ।