मन्त्री अम्बिरबाबू गुरुङले सदनमा उपस्थित भएर माफि माग्नु पर्ने भन्दै माओवादीद्वारा सदन अवरुद्ध

मन्त्री अम्बिरबाबू गुरुङले सदनमा उपस्थित भएर माफि माग्नु पर्ने भन्दै माओवादीद्वारा सदन अवरुद्ध

कपन अनलाइन

काठमाण्डौ ,असार १४।

प्रदेश १ प्रदेशसभा बैठक नेकपा माओवादी केन्द्रले अवरुद्ध गरेको छ । प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबू गुरुङले सदनमा उपस्थित भएर माफि माग्नु पर्ने भन्दै माओवादीले सदन अवरोध गरेको हो ।

बजेटका विषयमा सदनमा उठेको जवाफ दिने क्रममा आइतबार भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबू गुरुङले माओवादी केन्द्रका सांसद मोहन खड्कालाई ‘तपाई भिजन भएको नेता होइन’ भन्दै गाली गरेका थिए ।

मन्त्रीले आत्मा आलोचनासहित माफी माग्नुपर्ने माग गर्दै माओवादी केन्द्रका सांसदले उभिएर सदन अवरुद्ध गरेका हुन् । सदन चल्न नदिएपछि सभामुख प्रदिपकुमार भण्डारीले माओवादीलाई बोल्ने समय दिएका थिए ।

सो क्रममा नेकपा माओवादी केन्द्र संसदीय दलका उपनेता रामकुमार राईले सदनको रेकर्डबाट मन्त्रीको अभिव्यक्ति हटाउन पनि माग गरेका छन् । उनले मन्त्रीले माफि नमागे सम्म सदन चल्न नदिने बताएका थिए   ।

माओवादी केन्द्रले बैठक अवरुद्ध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक मंगलबार सम्मका लागि स्थगित गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।