आज जननेता मदन भण्डारीको ७० औं जन्मजयन्ती, प्रधानमन्त्रीले सम्बोधन गर्ने

कपन अनलाइन

काठमाण्डौ ,असार १३।

तत्कालीन नेकपा एमालेका महासचिव जननेता मदन भण्डारीको ७० औँ जन्मजयन्ती आज मनाइँदैछ। मदनजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशनले प्रधानमन्त्री निवास बालुवाटारमा विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गदै हुनुहुन्छ ।

जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशनले विविध सचेतना मुलक कार्यक्रमहरुको आयोजना गर्दे आएको छ । तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जीप दुर्घटनामा निधन भएको थियो । भण्डारीको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो । कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गराउन ‘जनताको बहुदलीय जनवाद’ को सैद्धान्तिक कार्यक्रम ल्याउनुभएका भण्डारीको विशेष योगदान रहेको छ ।

तपाइँको प्रतिक्रिया ।