Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/06/IMG_8813-1024x683.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/06/206058751_892021484990938_4523994269741181460_n-1024x683.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/06/206087496_1111596765912622_7496703221944935505_n-1024x683.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/06/206473649_552415839251157_4148185802513665764_n-1024x683.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वर नगरपालिकाको सातौं नगर सभा सुरु

कपन अनलाइन

काठमाडौँ, असार १२। गोकर्णेश्वर नगरपालिकाको सातौं नगर सभा सुरु भएको छ।  सांस्कृतिक धरोहरसहितको समृद्द शहर, धार्मिक मौलिकता र विशिष्ट अस्तित्व बोकेको गोकर्णेश्वर नगर भन्ने मूल नाराको साथमा  गोकर्णेश्वर  नगरपालिकाको ७ औं नगर सभा बिहिबार बाट सुरु भएको हो। नेकपा एमाले  काठमाडौंका अध्यक्ष तथा काठमाडौं क्षेत्र नं ३का निवर्तमान प्रतिनिधि सभा सदस्य कृष्ण  राईको प्रमुख आतिथ्यमा शुरु भएको सो नगर सभाको अध्यक्षता  गोकर्णेश्वर नगरपालिकाका प्रमुख  सन्तोष चालिसेले गरेका थिए।

उक्त कार्यक्रममा बिशेष अतिथिको रुपमा  बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा गोकर्णेश्वर नगरपालिका उप प्रमुख शान्ती नेपाल,   प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य, जिल्ला समन्वय समिति काठमाडौंका सदस्य द्वय उद्दब प्रसाद भण्डारी,  सान्नानी लामा, नेपाली कांग्रेस क्षेत्रीय समितिका कोषाध्यक्ष किरण के.सी लगायत बिभिन्न राजनीतिक दलका प्रतिनिधि , वडा अध्यक्षहरु नगर कार्यपालिका सदस्यहरु सहित कर्मचारीहरुको उपस्थिति रहेको थियो  भने कार्यक्रम संचालन  प्रशासन प्रमुख टंक नाथ  घिमिरेले गरेका थिए ।कार्यक्रममा स्वागत मन्तब्य राख्दै उप प्रमुख शान्ती नेपालले सिमित स्रोत र साधनका बाबजुत पनि नगरपालिकाले धेरै काम गरेको जानकारी गराएकी थिइन।कार्यक्रमलाइ सम्बोधन गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्यले नीति तथा कार्यक्रम माथि प्रकाश पारेका थिए ।

 

 कार्यक्रममा नगर  प्रमुख सन्तोष  चालिसेले नगरपालिकाको आगामी आर्थिक बर्ष २०७८।०७९ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका  थिए । नगरले कोभिड प्रतिकार्य तथा विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेको जानकारी गराउदै  नगरको वार्षिक नीति तथा कार्यक्रममा पूर्वाधार विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, पर्यटन प्रवद्धधन, साँस्कृतिक सम्पदाहरुको संरक्षण, शहरीकरण व्यवस्थापन, रोजगारी सिर्जना, आर्थिक विकास, कृषिको आधुनिकीकरण, विपद् व्यवस्थापन, सहकारी, खेलकूद, महिला तथा वालवालिका, अपांगता भएका व्यक्तिहरु, जेष्ठ नागरिक सबैलाई समेटीएको समग्र नगरको विकास र समृद्धिका लागि लागि सकारात्मक लाभ पुग्ने खालका योजना तथा कार्यक्रमहरुलाई प्राथमिकता राखिएको प्रतिवेदन प्रस्तुत गरेका थिए  ।

उनले इन्सिनेरेटर मेसिन मार्फतफोहोर मैला व्यवस्थापन काम सुरु हुने अवस्थामा रहेको जानकारी गराएका थिए  उनले कक्षा १ देखि कक्षा ८ सम्म स्थानीय पाठ्यपुस्तक निर्माण गरि लागु गरेको नगरबासीको सबै बिवरण भएको डिजिटल प्रोफाइल तयार पारेको समेत जानकारी गराएका थिए। त्यसै गरि  गोकर्ण १५ शैयाको बर्थिंग सेन्टर सहितको गोकर्ण प्राथमिक अस्पताल संचालन गरेको र अन्य स्वास्थ्य संस्थामा गुणस्तरीय सेवा थप गरेको जानकारी गराएका थिए। त्यसै गरि चार वटा  स्वास्थ्य संस्थाको सुबिधा सम्पन्न भवन निर्माणको काम समेत  सम्पन्न गरेको जानकारी गराएका थिए। त्यसै गरि उनले करिब ९० लाख रुपैयाको लागतमा सुन्दरीमाइ मन्दिर जाने सिडी निर्माण र  गोकर्णेश्वर महादेव मन्दिरमा सुनको छाना निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी गराए। त्यसै गरि उनले गौरबको योजनाहरु मध्ये करिब २८ करोड लागतको नगरपालिकाको प्रशासकीय भवन निर्माण कार्य प्रारम्भ भएको जानकारी गराए ।

त्यसै गरि उनले नेपाल सरकार द्वारा जारि स्थानीय तह  संस्थागत क्षमता स्व मूल्यांकन कार्यविधि २०७७ बमोजिम आर्थिक वर्ष २०७६/७७ अवधिमा गोकर्णेश्वर नगरपालिका संस्थागत क्षमता मूल्यांकन गर्दा औषत  उपलब्धि ८१.७५ प्रतिशत प्राप्त भएकोले यसरि उत्कृष्ट अंक प्राप्त भएको हुँदा नगरपालिकाका जन प्रतिनिधि तथा कर्मचारीहरुको टिमलाइ धन्यबाद ब्यक्त गरेका थिए ।  नगर सभामा नगर प्रमुख चालिसेले आगामी आ.ब.२०७८।०७९ का लागि करिब  २ अर्ब ४ रुपैयाँको प्रस्तावित बजेट समेत पेश गरेका थिए।

 कार्यक्रममा शुभकामना मन्तब्य राख्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले  काठमाडौंका अध्यक्ष तथा काठमाडौं क्षेत्र नं ३का निवर्तमान प्रतिनिधि सभा सदस्य कृष्ण  राईले सबै नगरवासीको विकासको चाहना पुरा गर्न सबै पक्ष मिलेर कार्य गर्नु पर्ने आवश्यकतामा जोड दिदै योजना निर्माणमा पक्षपात नहोस् भन्ने कुरामा जनप्रतिनिधिहरु सचेत रहनु पर्नेमा जोड दिएका थिए ।उनले विकास सबैको लागि भएको हुँदा विकासमा तेरो मेरो नभनि मिलेर अगाडि  बढ्नु पर्ने भन्दै विकासमा राजनीति  गर्न नहुने बताउदै नगरसभा सफलता शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामाले विकास योजना निर्माण र छनौट गर्दा राजनीतिक आस्थाको आधारमा विभेद नगर्न  सुझाब दिएका थिए। सबैको मतले गर्दा नै यो ठाउ सम्म पुगेको भन्दै विकास योजना निर्माण र छनौट गर्दा राजनीतिक आस्थाको आधारमा कसैलाई काखा कसैलाई पाखा गर्न नहुने बताउदै नगर सभा सफलताको शुभकामना ब्यक्त गरेका थिए।कार्यक्रम जिल्ला समन्वय समिति काठमाडौंका सदस्य उद्दब प्रसाद भण्डारी, नेपाली कांग्रेस क्षेत्रीय समितिका कोषाध्यक्ष किरण के.सी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

तपाइँको प्रतिक्रिया ।