लोकतान्त्रिक सहिद उधान कागेश्वरीमा १९३२ किलोको अस्टधातु काग, विश्व कै ठुलो भएको दावी
कपन अनलाइन
काठमाण्डौ ,असार ७।
भारतका पुर्व रास्ट्रपति एपीजे अब्दुल कलामको सोच,संगठन,संघर्ष र समाधान भन्ने भनाइलाई आफ्नो मुलमन्त्र बनाएका बागमती प्रदेसका भौतिक पूर्वाधार विकास मन्त्रि रामेश्वर फुयालले २०६४ शालमा देखेको सपना २०७८ शालमा पुरा भएको छ।
करिव १४ वर्ष निरन्तर लागेका मन्त्रि फुयाल २०७८ असार ८ गते लोकतान्त्रिक सहिद उधान कागेश्वरी-१ मा विश्वकै ठुलो दावी गरिएको १९३२ केजीको अस्टधातुको कागको प्रतिमा जडान शुरु गर्न सफल भएका हुन।
२०६४ शालमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले शिलान्यास गरेको लोकतान्त्रिक सहिद उधानका लागि २०७० शालको निर्वाचनमा संविधान सभा सदस्य बनेका फुयालले ५ लाख रुपैया बिनियोजन गरेर स्तम्भ निर्माण गरेका थिए। सो स्तम्भको संविधान सभाका अध्यक्ष सुवास चन्द्र नेम्वांगले शिलान्यास गरेका थिए।
काठमाण्डौ उपत्यकाका पर्वत शृंखलाहरुको प्रवर्धनका लागि नौ वटा महोत्सवको परिकल्पना र नेतृत्व गरेका मन्त्रि फुयालले अस्टधातुको काग निर्माणमा व्यापक जनसहभागिताका लागि गरेको आव्हान सफल बनेको थियो।
२०५१ शालमा मनमोहन अधिकारी प्रधानमन्त्री भएको समयमा सो क्षेत्रको सडक पूर्वाधार विकासका लागि श्रम शिविर संचालन गरेका मन्त्रि फुयालको आव्हानमा सुन,चांदी ,तामा ,पित्तल,फलाम लगायतका ९ सय केजी कवाड संकलन गरेर १९३२ केजीको काग निर्माण गरिएको हो।यसमा करिव १ हजार केजी धातु खरिद गरिएको छ ।
नगरपालिकाको नामाकरण भएको पवित्र धार्मिक स्थल कागेश्वरी महादेव मन्दिरलाई कागेश्वरी धामको रुपमा विकास गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका काठमाण्डौ क्षेत्र नं ३ (२) बाट निर्वाचित प्रदेस सभा सदस्य समेत रहेका फुयालले आव २०७६ /७७ मा ४० लाख ( ३० लाख खर्च) र आव २०७७/७८ मा ४० लाख रकम बिनियोजन गरेका थिए।
कागेश्वरी धामको शिरमा रहेको सो काग नेपालका लागि कल्पवृक्ष हुने बताउदै मन्त्रि फुयालले पाटनको नेपाल ढलोट उद्योग बाट उक्त कागको मुर्ति उधानमा पुगेकोमा सन्तोष ब्यक्त गरेका छन।
आफुले प्राप्त गरेको जानकारी अनुसार अहिले सम्म अमेरिकाको मिनेसोटामा १३ सय किलोको CROW (काग ) को मुर्ति रहेको बताउदै मन्त्रि फुयालले कागेश्वरीमा अहिले जडान भएको प्रतिमाले विस्वकै ध्यान खिच्न सक्ने गरी प्रवर्धन गर्नका लागि अपिल समेत गरेका छन।
यो अभियान शुरु गर्दा धेरैले उडाउदै हासेको स्मरण गर्दै मन्त्रि फुयालले सो कागको प्रतिमामा मिसिएको फुली,तिलहरी,औठी,तसला, घ्याम्पो सामान मात्र नभएर जनताको पसिना र स्नेह मिश्रण भएकोले आज निकै आनन्दित भएको अनुभव सुनाएका छन।